- 34Shares
युकेको रेडिंग न्यु टाउन क्षेत्रको मनमोहक शोभाको रुपमा देखिने ग्याँस टावर अब भत्काइने (डिमोलिस) गरिने भएको छ । केनेट रिभरको छेउमा अवस्थित यो आइकोनिक भिक्टोरियन टावर सन १८१९ को दशकमा ग्याँस स्टोर गर्नको लागी बनाइएको थियो । अत्याधुनिक बिधीबाट ग्याँस वितरण शुरु भएपछि यो टावर प्रयोगमा थिएन ।

यसलाई डिमोलिस गर्नको लागि रेडिंग बरो काउन्सिल, वातावरणविद र सरोकारवालाहरुको समेत धेरै पटक मिटिंग र भोटिंग समेत भएपछि भत्काइने भएको थियो । स्थानीय बासिन्दाहरुलाइ काउन्सिल तथा एसजीएन (SGN) ग्याँस कम्पनीले पत्र पठाएर भत्काइने मिति समेत सुचित गरेको थियो । रेडिंग क्षेत्रको टाढा टाढाबाट र न्यु टाउन क्षेत्रका प्राय सबैको घरबाट प्रस्ट देखिने यो टावर रातीमा त झन त्यसमा परेको प्रकासको सुन्दर किरणले थप सुन्दर देखिने आइकोन थियो । टावर डिमोलिस हुने कुराले स्थानीय बासिन्दामा निकै चर्चा पाएको छ । स्थानीय वातावरण अभियन्ताहरुको बिरोधका वाबजुद यसलाई भत्काएर त्यहाँ करिब १३० वटा फ्ल्याट बन्ने भएका छन ।

टावर भत्काउन तयारी गरिरहेको बेला त्यहाँ एक बिशेष प्रजातीको आगन्तुक चरा बाज (Falcon) ले गूँड लगाएको र बच्चा जन्माउने प्रक्रियामा रहेको देखेपछिअभियन्ताहरुले यस बारेमा काउन्सिलसंग र सोही कम्पनीसंग समेत कुरा उठाए र यो भत्काउने काम केहि समयको लागि रोकिने भएको कुरा अभियन्ता मध्येकी एक लीजी ब्यारोनले त्यस क्षेत्रका बासिन्दाहरुको फेसबुक समुहमा इमिली क्रेगको एक लेख शेयर गरेकी छन । सामान्यतया यिनीहरुले मार्च र अप्रिल महिनामा फुल पारेर करिब एक महिनामा बच्चा उडाई सक्छन ।

वातावरणविद र अभियन्ताहरुले त्यहाँ यसको गूँड सक्रिय नभएको कुरा निधो गरेपछि मात्र यसलाई भत्काउने काम शुरु गर्ने कुरा स्थानीय पत्रिका गेटरेडिंग मा समाचार प्रकासित भएको छ। बेलायतमा चराहरु Wildlife and Countryside Act 1981 अनुसार कानुनी रुपमा सुरक्षित हुन्छन । चराहरुलाई मार्न र तिनीहरुको बासस्थान भत्काउने काम अपराधजन्य कार्य मानिन्छ ।
- होली पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष - March 28, 2021
- बेलायतमा पत्रकारहरुले गरे राजदुतको स्वागत - March 19, 2021
- आगन्तुक चराको कारण भत्काउन रोकिएको ग्याँस टावर - March 13, 2021