- 4Shares
कुमार केसी
बेलायतका लागि नेपालका नवनियुक्त राजदुत लोकदर्शन रेग्मीलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले १८ मार्च २०२१ गतेका दिन स्वागत गरेको छ । जुम मार्फत गरिएको उक्त स्वागत कार्यक्रममा आफ्नो परिचय राख्दै राजदुत रेग्मीले तपाई पत्रकारहरु भनेका समाजका ऐना हुनुहुन्छ र दुतावासले पत्रकारहरु संग सधै सहकार्य गर्ने छ भन्ने राय राखेका थिए । पत्रकारहरुले समाजको लागि उन्नति र प्रगतिमा निकै महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा राख्दै आफु बेलायतको समाजको एउटा सदस्य र अभिभावकीय भूमिकामा रहने कुरा बताएका थिए । सन् १९६६ मा स्याङ्जामा जन्मिएका राजदूत रेग्मीले लन्डनस्थित दूतावासमा गत १ मार्चदेखि २१औं राजदुतको रुपमा आफ्नो पदबहाली गरेका थिए । बेलायतको राजदुत नियुक्त हुनु अघि उनी नेपाल सरकारको अर्थ र गृह मन्त्रालय लगायत बिभिन्न मन्त्रालयको सचिव र मुख्य सचिवको जिम्मेवारी वहन गरेका थिए ।
कार्यक्रममा बेलायतमा बिभिन्न क्षेत्रमा सक्रिय करिब दुई दर्जन पत्रकारहरुको उपस्थिती रहेको थियो । संघका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी सम्पूर्ण पत्रकारहरुले आफ्नो संक्षिप्त परिचय राख्दै नवनियुक्त महामहिम राजदुतलाई स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका थिए । उक्त परिचायत्मक कार्यक्रममा बरिष्ठ पत्रकार भगिरथ योगी, पत्रकार महासंघ बेलायतका पुर्ब अध्यक्ष चिरन शर्मा, संघका पार्षद तथा सल्लाहकारहरु, कार्य समितिका पदाधिकारीहरु र संघका सदस्यहरुको सहभागिता रहेको थियो ।
- होली पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष - March 28, 2021
- बेलायतमा पत्रकारहरुले गरे राजदुतको स्वागत - March 19, 2021
- आगन्तुक चराको कारण भत्काउन रोकिएको ग्याँस टावर - March 13, 2021