बिश्व वातारण दिवसमा आनन्द भण्डारीको ३ इको मुक्तक

  • 163
    Shares

आनन्द भण्डारी –दमक झापा, नेपाल

हरियाली प्यारो !

प्रदुषित शहरको हावा भन्दा जंगलको स्वच्छ बायु प्यारो
कंक्रिट महलका उचाई भन्दा प्राणी जगतको दिर्घायु प्यारो
उत्साह भरि मनले भन, रोपेर विरुवा बनाऊ वन
नकाट वृक्ष मानन् अब भाबि सन्ततिको चिरायु प्यारो

नढाट् सन्ततिलाई !!

स्वच्छ हावा बोक्ने प्राकृतिक वनजंगल, काट्न नखोज
आर्थिक बृध्दिको बहानामा बिकाशसंग विनास, साट्न नखोज
जीवन बाच्ने आधारको दोहन गरी, बिकासले छलांग मार्छ भन्दै
सम्बृदीको नाममा सन्ततिलाई ढाट्न नखोज

अनुरोध!!!

वातवरण प्रेमी हरित कबिहरु, नबसे है कलम लुकाई
दुस्टले आवाज रोकेको बेला नबसे है शिर झुकाई
बिकास र वातावरण सन्तुलनका लागि बोल न अब
घन्काउ आवज स्वच्छन्दका, नबस अब अवाज लुकाई |

बिश्व वातारण दिवस जुन ५, २०२१ को उपलक्ष्यमा “बिश्व नेपाली साहित्य महासंघ” बेलायतले आयोजना गरेको “इको मुक्तक” कार्यक्रममा बाचन गरिएका ३ मुक्तकहरु

Facebook Comments