कुमार केसी
गैर आवासीय नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ युके (एनआरएन युके) को आगामी नवौं कार्य समितिको लागि ३१ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको निर्वाचनको लागि हिजो १९ जुलाईमा सम्पन्न उमेदवारहरुको मनोनयनसंगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । एनआरएनए युके निर्वाचन आयोगका अनुसार रास्ट्रिय समिति र राज्य परिषद तहमा गरी यस निर्वाचनमा विभिन्न ३४ पदमा कुल ६२ जनाको उम्मेद्वारी परेको छ ।

अध्यक्ष पदका लागि दीपक श्रेष्ठ, रोजिना प्रधान राई र प्रेम गाहामगरले उम्मेदवारी दिएका छन । आठौँ कार्य समितिमा दीपक श्रेष्ठ इंग्ल्याण्ड राज्य समितिका अध्यक्ष, रोजिना प्रधान राई रास्ट्रिय समन्वय समितिका उपाध्यक्ष्य र प्रेम गाहामगर पनि रास्ट्रिय समन्वय समितिका उपाध्यक्ष्य थिए । आइसीसी सदस्यको सात पदका लागि समिर खनाल, दिनेश घिमिरे, कोशलेश्वर ढकाल, अर्कराज तिमिल्सिना, केदार थपलिया, राजेन्द्रप्रसाद पुडासैनी, महेश अधिकारी, एलएन पाण्डे, भिमलाल भट्टराईले उम्मेदवारी दिएका छन ।
एनआरएनए युके निर्वाचन नियमावली अनुसार रास्ट्रिय समन्यव समितिमा अध्यक्ष्य एक, उपाध्यक्ष्य खुल्ला तर्फ दुई, महिला उपाध्यक्ष्य एक, हरेक राज्य समितिबाट एक एक गरी चारजना उपाध्यक्ष, महासचिब एक, सचिब दुई, महिला सचिब एक, कोषाध्यक्ष्य एक, सह-कोषाध्यक्ष एक, महिला संयोजक एक, युवा संयोजक एक र बाह्र जना कार्य समिति सदस्य गरी जम्मा सत्ताइस सदस्यीय समितिको लागि हुन गैरहेको निर्बाचनमा उपाध्यक्ष्यमा पवन शर्मा, सुनिलबाबु खड्का, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचनले उम्मेदवारी दिएका छन । महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसी गरी तीन जनाको उम्मेदवारी परेको छ भने महासचिव पदका लागि जीत रानाभाट, डा. मुकुन्द बास्तोला र खुशी लिम्बुले उम्मेदवारी दर्ता गरेका छन ।
दुई स्थानको लागि सचिवमा धातानन्द खरेल, ज्ञानेन्द्र आले, विशाल गुरुङ र विष्णु चालिसे गरि चारजनाको उम्मेदवारी परेको छ भने एक स्थानको लागि महिला सचिवमा कल्पना त्रिपाठी र नम्रता घले गुरुङले उम्मेदवारी दिएका छन । त्यसै गरी कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र धनसरी राई, सह-कोषाध्यक्षमा हेम गुरुङ र सशांक शर्माको उम्मेदवारी परेको कुरा निर्बाचन समितिले बताएको छ । युवा संयोजकमा तीर्थबहादुर मल्ल र चन्दन गुरुङले उम्मेदवारी दिएका छन भने महिला संयोजकतर्फ मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी परेको छ ।
त्यसैगरि, बाह्र स्थानको लागि हुने कार्य समिति सदस्यहरुमा सुशिल प्रजापति, इश्वर महर्जन, इन्दिरा खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, दीपक सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना गरि बीस जनाले उम्मेदवारी दिएका छन ।
स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवर एवं वेल्सबाट रामचन्द्र पोखरेलको एक मात्र उम्मेदवारी परेको छ ।
यस्तै गरी एनआरएनए यूकेअन्तर्गतका चार वटै राज्य समन्वय परिषदहरुको लागि पनि सोमबार नै उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार वेल्स राज्य परिषद र नर्दन आयरल्यान्ड राज्य परिषदको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । स्कटल्यान्ड र इंग्ल्याण्ड राज्य परिषदमा अधिकांश पदमा निर्बाचन हुने भएको छ । इंग्ल्याण्ड परिषदको अध्यक्षमा डा. मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ भने स्कटल्यान्डको अध्यक्षमा काशिराम भण्डारी, दिवाकार पाण्डे र शिवकान्त खराल गरी तीन जनाको उम्मेदवारी परेको छ ।
यसरी सरसर्ती हेर्दा अध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ भने अन्य पदहरुमा दुई पक्षीय वा मिस्रित उमेदवारी परेको पाइन्छ / नवौं कार्य समितिको लागि हुन गैरहेको यस निर्वाचन समितिका अध्यक्ष्य महेन्द्र कंडेल र सदस्य सचिव कर्ण शाही छन भने सदस्यहरुमा सुबासिंग गुरुङ, राजू थापा, पशुपति पोख्रेल र दयानिधी सापकोटा रहेका छन ।
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021