त्रिलोचन गौतम
रेडिंग,२२ जुलाई २०२१
गैर आवासीय नेपाली संघ युकेको नवौं कार्य समितिको लागि आगामी ३१ जुलाईमा सम्पन्न हुन गैरहेको निर्वाचनको लागि यहि १९ जुलाईका दिन उमेदवारहरुको मनोनयन गरिएको छ । यस निर्वाचनमा रास्ट्रिय समिति र राज्य परिषद तहका विभिन्न ३४ पदमा कुल ६२ जनाको उम्मेद्वारी रहेको छ । चाखलाग्दो के भएको छ भने यूकेबाट आइसीसी सदस्यमा ७ जनाको पदकालागि पर्न गएको ९ जना प्रतिद्वन्दीको निवेदनमा सम्बन्धित व्यक्ति र पक्षको सहभागिता र समन्वयमा हिजो २१ जुलाईका दिन सर्वसम्मत कायम गरिएको छ । यसरि चयन भएका सदस्यहरुमा दिनेश घिमिरे, महेश अधिकारी, कोशलेश्वोर ढकाल, राजेन्द्र पुडासैनी, एल एन पाण्डे, भिमलाल भट्टराई र समिर खनाल रहेका छन । यसकालागि आफ्नो उम्मेदवारी फिर्ता लिई सहयोग गर्ने २ जनामा अर्क राज तिम्सिना तथा केदार थपलिया रहेका छन। निर्वाचित सदस्यहरुलाई हाम्रो पनि बधाई !

- अठार बर्षिया एमा राडुकानुको हातमा ३० करोड: हामीले के सिक्ने? - September 30, 2021
- मेरो नेपाली मोह - September 14, 2021
- The Joy of 14th Reading Cup by GRNCA - September 6, 2021