बालबालिकालाई रेडिंग नेपाली समाजले गर्यो प्रोत्साहन

रेडिंग ,२६ जुलाई २०२१

रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association; GRNCA) ले हिजो जुलाई २५ का दिन एक कार्यक्रम गरि नेपाली भाषा सिकिरहेका बालबालिकाहरुलाई प्रोत्साहनको कार्यक्रम गरेको छ । संस्थाका अधक्ष टेक गुरुङले सभापतित्व गरेको सो
कार्यक्रम उपाध्यक्ष भीमसेन खड्काले सञ्चालन गरेका थिए । संस्थाका अन्य पदाधिकारीहरु जगन्नाथ सापकोटा, सरोज थापा, सुरेश जंग थापा तथा लगभग चालिस जना बालबालिकाका साथ उनीहरुका अभिभावक उपस्थित रहेको सो कार्यक्रममा बालबालिकाहरुलाई मेडल, प्रमाणपत्र लगायत अन्य आकर्षक  सामग्री वितरण गरिएको थियो । साथै शिक्षक त्रिलोचन गौतमलाई पनि प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

सन् २०१४ देखिनै संचालन गरिएको नेपाली कक्षामा रेडिंग क्षेत्रका बालबालिकाहरुलाई नेपाली भाषाका आधारभूत ज्ञानका साथै नेपालको संस्कार तथा संस्कृति क्षेत्रका ज्ञान र सिपमा जोड दिईएको कुरा स्वयंसेवी शिक्षक त्रिलोचन गौतमले बताए । साथै बालबालिकाले सिक्ने कार्यमा समय लाग्ने हुनाले धैर्यधारण गर्नुपर्ने र अभिभावक आफू नै मुख्य शिक्षक भएकाले वहाहरुको नै मुख्य भूमिका रहने कुरा पनि उनले प्रस्ट पारे । त्यस्तै अध्यक्ष गुरुङले पनि नेपाली कक्षाको महत्व दिदैं महामारीको यस्तो कठिन समयमा पनि कक्षा संचालन गर्न सकिएकोमा खुशी ब्यक्त गर्दै सबैलाई धन्यबाद दिए । अभिभावकको तर्फबाट दुर्गा ढकालले नानीहरुले यस कक्षामा उत्सुकता देखाएको प्रसङ्ग उल्लेख गर्दै यसलाई निरन्तरता दिईनुपर्नेमा जोड दिईन । त्यस्तै अभिभावक प्रकाश तिवारी, रोहित काफ्ले, भानु जबेगु लगयातले पनि आ-आफ्ना सुझावाव राखेका थिए । विद्यार्थीको तर्फबाट अर्नभ सापकोटाले आफू नेपाली कक्षाबाट खुशी भएको र यो उपयोगी भएको बताए । बालाबालिकाहरु निक्कै नै उत्साहित रहेको सो कार्यक्रम रमाइलो,
उपयोगी र आकर्षक बनेको थियो ।

कार्यक्रमका केहि फोटोहरू

तपाइँकको प्रतिक्रिया (Facebook )
रमेश कायस्थ

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?

Sponsered Advertisement