बिगतका अधुरा अजेण्डा र केही नयाँ अजेण्डामा केन्द्रीत रहेर काम गर्नेछु -रोजीना रोजीना प्रधान राई

गैर आवासीय नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ युके (एनआरएन युके) को आगामी नवौं कार्य समितिको लागि ३१ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको निर्वाचनको लागि १९ जुलाईमा सम्पन्न उमेदवारहरुको मनोनयनसंगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उमेदवारहरु आफ्नो जीत पक्का गर्न लागिपरेका छन। यसै क्रममा लण्डन काठमाण्डौले अध्यक्ष्यको तीनै उमेद्वारहरुलाइ तीन प्रश्न सोधेको थियो। लण्डन काठमाण्डौको प्रश्नमा अध्यक्ष पदका प्रत्यासी रोजीना प्रधान राईको प्रतिक्रिया :

प्रश्न १ : आसन्न एन आर एन ए यूके को चुनाबमा तपाइको उमेदवारी किन ?

गैरआवासीय नेपाली संघ यूकेको वर्तमान कार्यसमितिमा रहेर सकृय रुपमा काम गर्ने उपाध्यक्ष मध्ये म एक हु। विगत दुई वर्षमा संस्थाले गरेका निर्णयहरुलाई कार्यन्वयन गर्न मैले महत्वपूर्ण भूमिका निर्वाह गरे । गत निर्वाचनमा हामील केही अजेण्डा सहित चुनावमा गएका थियौं । ती अजेण्डालाई बेलायतस्थित नेपाली समुदायले अनुमोदन गर्नु भयो । त्यसैका बीच विश्वव्यापी कोरोना भाइरसको संक्रमण शुरु भयो । सबै ध्यान महामारीमा केन्द्रीत भएता पनि अधिंकॉस एजेण्डाहरुमा काम त गर्यौ तर केही अधुरा अझै छन । अधुरा कामहरुलाई सम्पन्न गर्दै आगामी दिनमा संस्थाको सम्पूर्ण ध्यान संस्थागत विकासमा हुनु पर्छ । त्यसका अतिरिक्तमा नेपाली समुदायमा रहेका भूपु गोर्खा, नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा, नेपालमा लगानी, एनआरएनएमा नयां पुस्ताको भविष्य, आर्थिक पारदर्शिता लगायतका मुख्य मुद्धा छन् ती मुद्धालाई मैले नजिकबाट बुझेकी छु । केही यसअघि अधुरा रहेका अजेण्डा र केही नयाँ अजेण्डामा केन्द्रीत रहेर काम गर्ने उदेश्यले गैरआवासी नेपाली संघ यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे ।

प्रश्न २: बिगत एन आर एन ए अभियानमा तपाइको भूमिका के कस्तो रह्यो ? तपाइको अग्रसरतामा एन आर एन ए यूकेले के कस्तो उपलब्धि हाँसिल गरेको छ ?

गैरआवासीय नेपाली संघको अभियानमा सन् २००७ देखीनै सकृय हुदै आएकी छु । संघका प्रायः सबै कार्यक्रममा सहभागी र सकृयता देखाउदै आएकी छु । सकृयता र क्षमताको मुल्यांकन गर्दै वेलायतबासी नेपालीहरुले गतनिर्वाचनमा अत्याधिक लोकप्रिय मतले उपाध्यक्षमा जिताउनु भयो । उहाँहरुले दिएको विश्वासलाई डकमगाउन दिइन र सधैं संस्थाको हितमा उभिए । कोभिड १९ को महामारीमा समेत हामी सकृय भएर कोरोना पिडितको लागि सहयोगार्थ खटियौं । बेलायतमा रहेका ४ सय भन्दा बढी संघसंस्थाको संयोजनको जिम्मेवारी आफैले समाल्ने मौका पाए । त्यो जिम्मेवारीलाई सफलता पूर्वक पुरा गरे । अबको बांकी समय संस्थाको बृहत्तर हितमा खर्चिन योजना सहित चुनावी मैदानमा आएकी छु ।

मेरो अग्रसरता मात्र नभएर जति काम विगत दुई वर्षमा भए ति सबै सामूहिक प्रयासबाट भएका हुन् । हाम्रो कार्यसमिति निर्वाचित भएर आएको केही महिनामानै कोरोना कारण बन्दाबन्दी मा परियो । संघका सम्पूर्ण गतिविधीहरु कोरोना पिडितको लागि सहयोगमा केन्द्रीत भयौ । यो बीचमा थुप्रै काम भएका छन् । नेपालमा अक्सिजना पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानमा बेलायतस्थित नेपाल समुदायले गैरआवासीय नेपाली संघ यूकेलाई विश्वास गरेर एकै रातमा करोड भन्दा बढीको आर्थिक सहयोगको घोषणा गर्नु भयो । हामीलाई समुदायले देखाएको विश्वासले काम गर्न हौसला मिल्यो । पछि करिब साढे दुई करोड भन्दा बढीको सहयोग नेपाल पठाउन सफल भयौं । संस्थागत, परोपकार, भुपूगोर्खा नागरिकताको निरन्तरताको लागि लविङ, र वेलायतमा रहेका नेपालीहरुका समस्यालाई नेपाल सरकारसंग पुराउने उदेश्यले सरकारका मन्त्रीहरु लगायत उच्चपदाधिकारीहरु संग पटक पटक अन्तरक्रिया भए । कोभिडकै बिच महिला सशक्तिकरण को लागी अन्तराष्ट्रीय सेमिनारको नेतृत्व, कोभिड पीड़ित बिध्यार्थी हरूलाई सहयोग कार्यको संयोजन लगायत कामहरूमा मेरो नेतृत्वकैरी भूमिकाले समग्रमा यस कार्यकालमा परिभाषित ज़िम्मेवारी मा सफल भएको ठान्दै वेलायतबासी नेपालीको मन जित्न सफल भयो ।

प्रश्न ३ :तपाइको जीतको आधार के के हुन् ?

मुख्यआधार भनेको नेपाली समुदायले विगतमा दिनमा म प्रति गरेको विश्वास हो । गत निर्वाचनमा उहाँहरुले दिनुभएको विश्वासलाई मर्न नदिएर संस्थाको हितको लागि काम गरेर सिद्ध गरेकी छु । त्यसको यसपटक पनि अवश्य मुल्यांकन हुने छ । म आफै भूपुगोर्खा परिवारको व्यक्ति भएको हुनाले यहाँस्थित भूपुगोर्खा संघसँस्थाको समेत म प्रति ठूलो सदभाव रहेको छ । म संस्थापन पक्षका समग्र मुद्धाहरूमा उभिने एक मात्र उपाध्यक्ष हु त्यसैले संस्थाका अग्रज देखी नयां पुस्ता सम्मको मन जित्न प्रत्यन गर्दैछु । वर्तमान अध्यक्ष पुनम गुरुङ्गले पहिलो पटक महिला अध्यक्ष भएर आफ्नो नेतृत्वलाई अब्बल सावित गर्नु भएको छ । त्यसले मलाई हौसला मिलेको छ । संघका संस्था विभागको संयोजकको रुपमा काम गर्दा बेलायतस्थित सबै संघसंस्थासंग काम गर्ने अवसर प्राप्त गरे । उहाँहरुको आर्शिवाद र हौसलाले उम्मेदवारी दिएकी छु ।

सबै अध्यक्ष पदका प्रत्यासीहरुको प्रतिक्रिया एकै ठाउँमा हेर्न यहाँ क्लिक गर्नुहोस 

तपाइँकको प्रतिक्रिया (Facebook )
रमेश कायस्थ

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?