गैर आवासीय नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ युके (एनआरएन युके) को आगामी नवौं कार्य समितिको लागि ३१ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको निर्वाचनको लागि १९ जुलाईमा सम्पन्न उमेदवारहरुको मनोनयनसंगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उमेदवारहरु आफ्नो जीत पक्का गर्न लागिपरेका छन। यसै क्रममा लण्डन काठमाण्डौले अध्यक्ष्यको तीनै उमेद्वारहरुलाइ तीन प्रश्न सोधेको थियो। लण्डन काठमाण्डौको प्रश्नमा अध्यक्ष पदका प्रत्यासी दीपक श्रेष्ठको प्रतिक्रिया :
प्रश्न १ : आसन्न एन आर एन ए यूके को चुनाबमा तपाइको उमेदवारी किन ?
मेरो उम्मेद्वारी आर्थिक पारदर्शिताको लागि , बेलायतबासी नेपाली हरूको नेपाली नागरिगता निरन्तरताको लागि , स्थानिय जनताकोलागी बिशेष कल्याणकारी कोष तथा कार्यक्रम ल्याउनको लागि हो। स्थानिय लोकल काउन्सिल संग मिलेर नेपालीहरूको हक र हितको लागी काम गर्न , नेपालमा बेलायतबाट बिशेष परियोजनामा सामुहिक लगानी गराउन, नयॅा पिढिका युबा युबती हरूलाई एनआरएनए यूके मा ब्यापक सहभागी गराउन आकर्षक कार्यक्रम संचालन गर्न, नेपालको भाषा संस्किर्तिको जगेर्ना गर्न र नयॅा पिढिहरूलाई नेपाल संग जोडन पनि मेरो भगीरथ प्रयास रहने छ। एन आर एन ए एउटा बिसुद्ध गैर राजनितिक संस्था हुँदा हुँदै पनि यहाँ हरेक किसिमका राजनीतिक चलखेल हुने गरेको छ। संस्था लाइ सबैले अपनत्व गर्ने सबैको साझा संस्था बनाउन पनि म यो मैदानमा उभिएको छु।

प्रश्न २: बिगत एन आर एन ए अभियानमा तपाइको भूमिका के कस्तो रह्यो ? तपाइको अग्रसरतामा एन आर एन ए यूकेले के कस्तो उपलब्धि हाँसिल गरेको छ ?
२०१५-२०१७ मा म कोषाध्यक्षको भूमिकामा थिएँ र बिगत दुई बर्ष देखि इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष को भुमिकामा छु। मेरो अग्रसरतामा एनआरएनए यू के लाई लागेको आरोप आर्थिक अनियमितता लीई चिर्न सफल रहि पारदर्शि बनाउन सफल रहें। नेपालमा एनआरएनए भवन बनाउन करोडौ रकम संकलन गरी पठाउन सफल, नेपालमा महा-भुकम्प जादा क्षतविक्षत पारेको लाप्राक बस्ती बनाउन एनआरएन केन्द्र मार्फत लाखौ रूपैया पठाउन सफल भएँ। हालै कोरोनाको महामारीमा बेलायत तथा नेपालमा रहेका नेपालीहरूलाई सहयोह गर्न आर्थिक संकलन संयोजकको भुमिका खेलेको छु। यो बाहेक पनि मेरो अग्रसरता निम्न कुराहरु भएका छन।
- लण्डन को मुटु मानिने ट्राफलगर स्क्वायरमा बुद्ध भारतमा जन्मिएका हुन भनि भारतले फैलाईरहेको भ्रमलाई चिर्न र नेपालको पर्यटन प्रबधन गर्न , राजदुताबास लण्डन, नेपाल पर्यटन बोर्ड , कपिलवस्तु समाज यू के र बिभिन्न संघ संस्था हरू संग सहकार्य गर्दै बुद्ध फाउण्डेसन यू के को संस्थापक अध्यक्ष को हैसियतमा बुद्ध जयन्ती बनाउने कार्यक्रमको थालनी ।
- नेपाल ले पहिलो पटक बेलायत मा अवसर पाएको MCC Vs Nepal क्रिकेट खेल मा आर्थिक तथा मार्केटिंग को सफल संयोजक को भुमिका
- बेलायत- नेपालको २०० बर्षको सम्बन्ध पश्चात बेलायतको जनगणनामा नेपाली को पहिचान स्थापित हुन नसकेको अवश्थामा हालै सम्पन्न बेलायत को जनगणना २०२१ ( census 2021) मा इंग्ल्याण्ड राज्य समन्वय परिषद को तर्फ बाट मैले धेरै भन्दा धेरै नेपालीहरुलाई census मा भाग लिन लगाउने अभियान को नेतृत्व गरेको ।
प्रश्न ३ :तपाइको जीतको आधार के के हुन् ?
- कुलवीरको कदर - October 1, 2021
- माता पितामा समर्पित ५ मुक्तकहरु - September 7, 2021
- “सबैको साझा उम्मेदवाररुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा - August 29, 2021