यहि जुलाई ३१ शनिबार सम्पन्न हुने एनआरएनए यूके को निर्वाचन यो पटक अनलाइन भोटिंग प्रबिधि बाट हुदैछ। आफ्नो मन परेको उमेद्वारलाइ घरमै बसेर कसरी मतदान गर्ने भन्ने बिषयमा यहाँ चर्चा गरिएको छ।
१. तपाईले एनआरएनए यूकेको सदस्यता लिनुभएको छ भने तपाईलाई ईमेल मार्फत मतदानमा भाग लिनको लागि निमन्त्रणा आउने छ। ईमेल राम्रोसँग पढ्नुहोस। निर्वाचन चालु रहेको अवस्थामा त्यहा उपलब्ध voter id र Voter key राखेर click here to vote लेखिएको बटन क्लिक गरेर तपाईं सीधै भोटिंग पोर्टल मा log in हुन सक्नुहुनेछ।

२. धेरै जानले एकैचोटि मतदान गर्दा तपाईलाई वेटिंग रूम मा राख्न पनि सक्छ। यस्तो भयो भने कृपया धैर्य गर्नुहोस र आफ्नो पालो पर्खनुहोस। पोजीशन खाली हुने बित्तिकै तपाईलाई सीधै भोटिंग प्लाटफार्म मा लगिने छ।
३. भोटिंग प्लाटफार्ममा गएपछि तपाईंले i लेखिएको information आइकॉन क्लिक गरेर निर्वाचन सम्बन्धि जानकारी पाउन सक्नुहुने छ। भोटिंग पेजमा तपाईले पदहरुको सूचि देख्नुहुने छ र सूचिमा रहेको पदमा क्लिक गरेर सो पदका उमेद्वारहरुको नाम मतपत्रमा देख्नुहुने छ।
४. अब आफुलाई मन परेको उमेद्वारलाई छान्नुहोस। तपाईंले छान्नुभएको उमेदवारलाइ अब स्क्रीनको दायाँतिर देख्नुहुनेछ। यहाँ तपाईले आफुले नचाहेको नाम देख्नुभयो भने रातो क्रस क्लिक गरेर हटाउन सक्नुहुने छ। जब तपाईं आफ्नो रोजाई बाट सन्तुस्ट हुनुहुन्छ ,Save your Choices बटन क्लिक गर्नुहोस।
५. अब तपाईले आफुले छानेको उमेद्वार सहित Vote र Cancel बटन देख्नुहुनेछ। यहाँ देखिएका नामहरु बाट तपाईं सन्तुस्ट हुनुभयो भने अब तपाईले Vote बटन थिच्न सक्नुहुनेछ। तपाइको छनौट चित्त नभुझेमा Cancel बटन क्लिक गरेर फेरि उम्मेदवार छान्न सक्नुहुने छ तर Vote बटन क्लिक गरिसकेपछि सो पदको लागि तपाइको निर्णय परिवर्तन गर्न सक्नुहुने छैन।
६. यसरी सबै पदहरुमा छुट्टाछुट्टै भोट हाल्नु पर्ने छ। सबै पदमा भोट गरिसकेपछि तपाईको मतदान पूरा हुने छ र अब तपाईं भोटिंग पोर्टल बाट लग आउट हुन सक्नुहुने छ।
- कुलवीरको कदर - October 1, 2021
- माता पितामा समर्पित ५ मुक्तकहरु - September 7, 2021
- “सबैको साझा उम्मेदवाररुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा - August 29, 2021