एनआरएनए यूकेको निर्वाचन नतिजा सार्बजनिक ,अध्यक्षमा प्रेम गाहामगर निर्वाचित

लण्डन । अन्तत एनआरएनए यूकेको निर्वाचन नतिजा सार्बजनिक भएको छ।एनआरएनए यूकेको इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पछि पार्दै  प्रेम गाहामगर ४ हजार ५ सय ७४ मत सहित निर्वाचित  भएका छन्।

अध्यक्षका अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । एनसीसी यूकेको २ उपाध्यक्षहरुमा  सुनिलबाबु खड्का  र गोविन्द खरेल  तथा  महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित  भएका छन्। त्यस्तै नर्दन आयरल्यान्डबाट  उपाध्यक्षमा नारायण कंडेल र स्कटल्यान्डबाट उपाध्यक्षमा मोहन कार्की निर्वाचित भएका छन्।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ,२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ निर्वाचित  भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू निर्वाचित  भए ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही,  इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल  र बालकृष्ण दाहाल निर्वाचित भए ।

इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् । इंग्ल्यान्ड राज्य परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई निर्वाचित भए भने स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल निर्वाचित भएका छन् ।

बेलायती कम्पनी च्वाइस भोटिङले गराएको   ‘डिजिटल भोटिङ’ को नतिजा निर्वाचन समितिले शुक्रबार राती एक पत्रकार सम्मेलन गरि घोषणा गरेको हो ।

तपाइँकको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?