अन्तरास्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार वितरण तथा भानुजयन्ती कार्यक्रम सम्पन्न

अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके च्याप्टरले ७ अगष्टका दिन आदिकवी भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट र डायस्पोराका आदिकवी भनेर चिनिने ईश्वर प्रसाद मानन्धर जयन्ती संयुक्त रुपमा मनाएको छ । बेलायतका लागि नेपालका उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यता तथा कवि ईश्वर प्रसाद मानन्धरको छोरी सबिता मानन्धरको बिशेष आतिथ्यतामा सम्पन्न गरेको छ ।

अनेसासले हरेक बर्ष एक उत्कृष्ट कृतिलाई प्रदान गर्ने  सुप्रमा-ईप्रमा पुरस्कार यस बर्ष डायस्पोरामा सक्रिय कवयित्री प्रतिमा केसीको कृति ‘पानीको बिद्रोह’ कविता संग्रहका लागि प्रदान गरेको हो । सुन्दर प्रसाद मानन्धर (सुप्रमा) तथा ईश्वर प्रसाद मानन्धर (ईप्रमा) को नाममा स्थापित उक्त सुप्रमा-ईप्रमा पुरस्कार २०२१ अनेसासले एक भव्य समारोह बिच प्रतिमा केसीलाई प्रदान गरेको थियो ।  कार्यक्रमका प्रमुख अतिथी रोशन खनाल, पुरस्कार समितिका सदस्य सबिता मानन्धर र अनेसास युकेका अध्यक्ष्य लक्ष्मी राई (लारा) ले नगद २५१ पाउण्ड, प्रमाणपत्र र पुष्प गुच्छाले कवयित्री प्रतिमा केसीलाई सम्मान गरेका थिए । साहित्य संगम युकेका संस्थापक बिनोद अधिकारीले पुरस्कृत स्रष्टालाइ हार्दिक बधाई दिदै उक्त कृतिको संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा पुर्बी लण्डन नेपाली समाजका अध्यक्ष्य दिल कुमार इवारम लिम्बुले समाजको तर्फबाट बधाई ज्ञापन गरेका थिए ।

अनेसासका केन्द्रिय सल्लाहकार तथा उक्त कार्यक्रमका संयोजक सुमल कुमार गुरुंगले सुप्रमा-ईप्रमा पुरस्कार छनौट प्रक्रिया र ‘पानीको बिद्रोह’ बारे चर्चा गरेका थिए भने पुरस्कार समितिका सदस्य सबिता मानन्धरले पुरस्कार स्थापनाको पृष्ठभूमि बारे प्रकाश पारेकी थिईन । आठौँ संस्करणसम्म आइपुग्दा उक्त सुप्रमा-ईप्रामा पुरस्कारबाट साहित्यकारहरु मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाई, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसकेका छन ।

अनेसासका अध्यक्ष्य लारा राईको अध्यक्ष्यता, सारादेबी गुरुङको स्वागत तथा महासचिव मन्जु भण्डारीको संचालनमा भएको कार्यक्रममा माया गुरुंगले भानुभक्तको जीवनी बारे चर्चा गर्दै कविता वाचन गरेकी थिईन भने सुमल कुमार गुरुंगले मोतीराम भट्ट तथा ईश्वर मानन्धरको जीवनी बारे प्रकास पारेका थिए ।

कार्यक्रममा गीत, मुक्तक र कविता वाचन गरिएका थिए । सर्जकहरु सुमल कुमार गुरुङ, बिनोद अधिकारी, निर्मला न्यौपाने, प्रतिमा केसी, माया गुरुङ, सारादेवी गुरुङ, मन्जु भण्डारी र कुमार केसीले आफ्ना रचना वाचन गरेका थिए ।  कार्यक्रम लण्डनको उत्तर-पुर्बी क्षेत्र बार्किंगमा सम्पन्न भएको थियो ।

तपाइँकको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?

Sponsered Advertisement