चौधौं रेडिंग कप फुटबल सेप्टेम्बर ४ मा आयोजना हुने

बिश्वब्यापी कोरोना कहरको कारण गत वर्ष स्थगित गरिएको  रेडिंग नेपाली समाजको एक बहुप्रतीक्षित फुटबल टुर्नामेन्ट  रेडिंग कप  यस बर्ष भने आयोजना गरीने भएको छ । समाजका अध्यक्ष्य टेक गुरुङ्गक अनुसार आउँदो सेप्टेम्बर ४, शनिबारको दिन रेदिङ्ग स्थित पाल्मर पार्कमा  सो  प्रतियोगिता  आयोजना गरिन लागेको हो ।

अध्यक्ष गुरुंगले  सँधै झै रेडिंग नेपाली समाज सम्पूर्ण बेलायत बासी दाजुभाई दिदिबैनीहरु बाट यो कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि  सबैको सक्रिय सहभागिता, सहयोग तथा सल्लाह र सुझाबको अपेक्षा गरिएको लण्डन काठमाडौँलाई बताए । बेलायत सरकारले यस्ता  प्रकारका कार्यक्रमहरु स्वास्थ्य मामदण्ड पालना गर्दै संचालन गर्न अनुमती दिएको र युवाहरुको बीचमा यो साह्रै लोकप्रिय कार्यक्रम भएको हुंदा रेडिंग कप एक सालको अन्तराल पछी पुन आयोजना गरिन लगिएको  हो । रेडिंगको पाल्मर पार्क मैदानमा खेलाईने यो टुर्नामेन्टमा बढीमा २४ वटा टिमले खेल्ने मौका पाऊने छन् जस्मा १६ वोटा  युवा टीम र आठ वटा वयस्कहरुको टिम दर्ता गर्न सकिने छ । टिम दर्ताको शुल्क £ २५० राखिएको छ । युवा तर्फको पुरस्कार क्रमस £१६०० र £१००० राखिएको छ भने बयस्कको लागी क्रमस १००० र £ ५०० राखिएको छ । टिम दर्ताबाट ऊठेको रकमबाट मात्रै बिजेता खेलाडीहरुको पुरस्कार तथा सम्पूर्ण ब्यबस्थापकिय खर्च धान्न केहि रकम अपुग हुने हुंदा रेडिंग नेपाली समाजले संपूर्ण सुभेच्छुक हरुवाट स्वेच्छिक आर्थिक सहयोगको याचना गरेको कुरा पनि अध्यक्ष गुरुङ्गले  जानकारी गराएका  छन ।

No description available.हालै मात्र रेडिंग नेपाली समाजको कार्यसमिति बैठकले समाजका ऊपाध्यक्ष्य धन बहादुर राना मगरको संयोजकत्वमा चौधौं रेडिंग कप फुटबल आयोजक समिती गठनगरेको छ जस्मा समाज का सबै छ जना ऊपाध्यक्षहरु क्रमस शुसिला गुरुंग , भीमसेन खड्का , यादब श्रेष्ठ , प्रेम लामा , एल बी सुब्बा र धन बहादुर राना मगर समितिका सदस्य रहेका छन् । प्रचार प्रसारको जिम्मेवारी  कार्यवाहक महासचिव मनी सुबेदी र सचिब बिक्रम श्रेष्ठ लाइ दिइएको छ  भने अर्थ ब्यबस्थापनमा कोषाध्यक्ष सरोज थापा र सह कोषाध्यक्ष जगन्नाथ सापकोटा रहेका छन्  । भोलेन्टिएर ब्यबस्थापनमा संस्थापकों ऊपाध्यक्ष भीमसेन खड्काको संयोजकत्वमा संस्थाका सबै कार्यसमिति सदस्यहरुको स्वयंसेवक समिती पनि  गठन भएको कुरा हाल नेपाल रहनु भएका संस्थाका महासचिव ओमकार अधिकारीले जानकारी गराएएका छन । हाल रेडिंग नेपाली समाजका सदस्यहरु ईमान सिंग राई ,रुद्रजंग गुरुंग, तुल बहादुर गुरुंग , ऊदय घिसिंग ,बन्दना खत्री ,रोमा गुरुंग ,हरिमाया गुरुंग ,लक्ष्मण श्रेष्ठ , सुरेश जंग थापा , हिम्मत सिटौला, आस्बीन श्रेष्ठ ,मोहन कटुवाल र बिनस रिजाल ऊपध्याय रहेका छन् ।

सन् २००६ साल देखी शुरुवात गरिएको रेडिंग कप  रेडिंगमा एऊटा मिनी नेपाल फेस्टिबलको रुममा पनी मनाऊने गरिएको छ । संस्थाका तत्कालिन अध्यक्ष्य महेश गुरुंगको अगुवाईमा सॅचालन गरिएको यो कार्यक्रमलाई  संस्थाका संस्थापक अध्यक्ष डा सिबी गुरुंग लगायत पुर्ब अध्यक्ष हरु क्रमस अर्जुन बस्नेत , कृति बिलास पन्त , मान गुरुंग र कृष्ण न्यौपाने र संस्थाका सबै सल्लाहकार तथा शुभचिन्तकहरुको महत्वपुर्ण योगदानमा निरन्तर अगाडि बढेको कुरा अध्यक्ष गुरुङ्ग ले बताए ।

नेपालीहरु बीचमा गोर्खा कप पछिको यो नै ठुलो फुटबल टूर्नामेंट रहंदै आएको छ ।

स्वईच्छिक रुपमा READING CUP FOOTBALL TOURNAMENT को लागी चन्दा प्रदान गर्नु हुने महानुभाव को लागी तलको Account number मा रकम जम्मा गरी जानकारी गराऊनु हुन समेत रेडिंग नेपाली समाज ले अनुरोध गनुरोध गरेको छ ।

Account number :- 53802132
Sort code: 20-65-20
Bank name :- Barclays
Account holders name :- GRNCA

तपाइँकको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?