परिभ्रष्ट सालाहरु !

देविप्रसाद चापागाईं

सप्रदै जान थाले मनका कालाहरु
कुहिंदै झर्दै गए वीरका मालाहरू
भाँचिदै जान थाले देशभक्तका भालाहरू
सबथथोक तिमीहरूकै लौ खाओ सालाहरू

दिनदहाडै चोरिदैछन् आमाका वालाहरू
दैनिक कोतरिँदैं छन् निर्धाका छालाहरू
जति पछि उति चिल्ला दुष्टका गालाहरू
सबैथोक तिमीहरूकै लौ ठाेक सालाहरू

एकएक गरी चुडिँदैछन् सत्यका तालाहरू
कुश्ती खेली सिद्धयाए पुर्खाका टालाहरू
वलभद्रका इतिहास बिर्सियौं नालाहरू
सबथोक तिमीहरूकै लौ टाेक सालाहरू

बर्सेनि ओइलिँदैछन लिच्छवी कलाहरू
एकएक गर्दै धट्दैछन् धानका खलाहरू
अगति बोकेर ओर्लदो छ समयका पलाहरू
अरू विर्सिए पनि देश नबिर्सिए सालाहरू

बिस्तारै बेचिँदैछन् सुनका डालाहरू
दुषित धुमिल बन्दैछ हाम्रा चालहरू
सुस्तरी दविदैछन् हाम्रा गलाहरू
सबथोक तिमीहरूकै लौ जेाख सालाहरू

स्वधर्म त्याग्दै छन् ध्वाँसे सालाहरू
परधर्मको माया गर्दै छन् कैले सालाहरू
आफ्ना ओछ्यान भिजाउँदै छन् सेता सालाहरू
हाँगैसुद्धै हुँदै छन् पो हुस्सु सालाहरू

एकजुट हुनुपर्यो लौ हामी भलाहरू
एकपछि अर्काे थपौं सत्यका तलाहरू
जम्मा गरी फ्याँकिदिउँ उतै टिलाहरू
धोती न टोपी गरी भागून् बिग्रेका सालहरू

 

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?