“सबैको साझा उम्मेदवार रुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा

रामशरण सिम्खडा एनआरएनए वृतमा सुपरिचित नाम हो। धादिङमा जन्मिएर बिगत २० बर्षदेखि बेलायतलाइ कर्मथलो बनाई एनआरएनए को परिकल्पनाकाल देखि नै यो अभियानमा जोडिएका  सिम्खडाले आगामी अक्टोवर तेस्रो साता हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । दुई कार्यकाल आइसीसी सदस्य रहेका उनी तीन पटकपटक विधान संशोधन समिति सदस्य पनि रहेका थिए । संघको परोपकार समितिमा सदस्य सचिव भइसकेका उनी सन् २०११ को एनआरएनए युकेको निर्वाचनबाट महासचिव भएका थिए। २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, विभिन्न परोपकारी संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका सिंखडा संग लन्डन काठमाडौँको तर्फबाट रमेश कायस्थले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रश्न :एनआरएनए अभियानमा तपाईं शुरुवाती दिनहरुदेखिनै निक्कै सक्रिय हुनुहुन्थ्यो। अहिलेसम्म आइप्पुग्दा यो अभियान कतिको सफल भएको मान्नुहुन्छ ? र तपाईंको यसमा कस्तो भूमिका रह्यो ?

उत्तर  : हजुर – म नेपालबाट यो देशमा आउनु भन्दा अघि मेरो जिम्मेवारी र कर्तब्य नै गैरसरकारी संस्था महासंघ नेपालको तर्फबाट देशभरि छरिएर रहेका करिब २७०० संघंस्थाहरुलाई हेर्नु छ छंदैथियो सोहि महासंघको प्रतिनिधित्व  अन्तरास्ट्रिय दातृसंस्थाहरुको अनुगमन र सामााज कल्याण परिषद संग पनि संगै मिलेर काम गर्ने भूमिकामा थिएं । यता आईसकेपछि पनि सामाजिक रुपान्तरणमा लागि परेका संघ संस्थाहरुमा चाख र सहभागीता हुंदै गर्दा २००३ को अन्ततिर गैरआवासीय नेपाली संघको परिकल्पलनाको शुरुवाती अवस्थाबाटै समय प्रत्यक्ष रुपमा सहभागी हुंदै आएको छु । सफलताको सुचाङ्क के भन्ने प्रश्न अझै पेचिलो छ। संजालको हिसाबले, केही मुद्दाहरुको हिसाबले यो सहि दिशामा अघि बढेको देखिएता पनि प्रभावकारी र संस्थागतरुपमा यो अझै शैशव अबस्थामै छु भन्छु । स्वभाविक रुपमा यसको सफलता र असफलतामा यसै संस्थामा कृयाशील सिपाहीको रुपमा मेरो पनि दोष र जस दुबै रहला तर कार्यकारी  भूमिकामा कम रहेकोले अब राम्रोको लागी ताली र नराम्रोको लागि गाली समेत लिन नेतृत्वमै जानु पर्दोरहेछ भन्ने चेतको साथ अघि  बढ्दैछु।

प्रश्न :एनआरएनए को अबको अभियान के हो र किन ?

उत्तर : हामी परिभाषित जिम्मेवारीमा अझै पारंगत हुन सकेका छैनौ । बिदेशमा रहेका (सार्क मुलुक बाहिर) करिब ५० लाख आप्रवासी मध्ये २ प्रतिशत मात्र साथीहरु यस संजालमा समेटिनु भएको छ।  शिक्षित, ब्यबसायिक र पेशागत कैयौ दक्ष साथीहरु यो अभियनाबाट टाढिनु भएको छ । केही थोरै र कुनै प्रकारले राप र ताप देखाउन सकिने बर्गको दबदबा बढ्दो छ । यो आफैमा राम्रो सुचांक हैन। बिबिध कारणले देश बाहिर रहन बाध्य नेपालीहरुले सिकेको ज्ञान, सीप र आर्जन गरेको पुंजी सम्बृद्ध नेपाल निर्माणमा लगानी गर्दै खुसी र सुखी नेपालीको कामना मुल ध्येय हो। भलै यो प्राप्तीको लागि  आफ्नै (संगठनकै) पनि तमाम मुद्धाहरु नागरीकताको निरन्तरता, प्रवासबाट मतदानमा सहभागीता, सम्मानपूर्ण श्रम बजार जस्ता मुद्धाहरु पनि उत्तिकै महत्वको रहेको छ।

प्रश्न : नेपालको राजनीतिले एनआरएनए वृत्तमा प्रत्यक्ष प्रभाव पारेको पाईन्छ ।  जसले गर्दा अभियानको एजेन्डा भन्दा राजनैतिक आस्थाको  कारणले मत बिभाजन भएको देखिन्छ। यो अवस्थामा सम्पूर्ण प्रवाशी नेपालीको अपनत्व हुन सक्ने साझा संस्था निर्माणार्थ तपाइको प्रयास कस्तो रहन्छ ?

उत्तर : हामी पहिलो पुस्ताका नेपालीलाई देशको राजनितिले अझै छाडेको छैन। देशमा हुने सामान्य घटनाक्रमले हामी प्रबासमा बिभाजित हुंदैछौ। यसको प्रत्यक्ष असर गैरआवासीय नेपाली संघमा पनि बिगतको २-३ वटा निर्वाचनमा देखिएको सांचो हो। अब त हुँदा हुँदा राष्ट्रीय पार्टीहरुको औपचारीक परिपत्र, पार्टी हेडक्वाटरबाट यो र त्यो उम्मेदवारलाई जिताउन लबिङ, निर्वाचन आयोगलाई दबाब जस्ता घटनाहरु सुनिन र भोगिन थालियो – जुन दुर्भाग्यपूर्ण छ । राजनैतिक दलहरु स्वभाभिक रुपमा ५०सौ लाख नेपाली भएको ठाउंमा आफ्नो प्रभुत्व देखाउन खोज्लान तर हामी यस बाट जोगिनु पर्दछ। बिषेशगरी, यूरोप, अमेरीका, ओसियाना जस्ता महादेशमा रहने जसको गोजीमा रातो पासपोर्ट वा पिआर छ उहांहरु देशको संबिधान र ब्यबहारले समेत टाढै रहंदा राम्रो हो । कुनैबेला यसको नशा हामी सबैलाई राम्रै चढेको हुन्छ तर मानवीय चेत र मौजुदा बिधी-बिधानले यो स्वीकार्दैन। तसर्थ राजनैतिक आस्था मारिहाल्नुस भनिदैन तर आस्थाको आधारमा बाडियौ भने यसको लक्ष्य  प्राप्तीमा न त पुग्न सकिन्छ न साझा संस्था नै रहिरहन्छ। मेरो उम्मेदवारी यि बिकृती र बिसंगतीलाई चुनौती दिन पनि सबैको साझा उम्मेदवार  रुपमा अघी बढ्ने प्रयासमा छु।

एनआरएनए वृत्तमा तपाइलाई नेपथ्यको माहिर खेलाडीको रुपमा कसै कसैले चित्रण गरेको पाइन्छ। अहिले पर्दा अगाडीनै आएर चुनाबी मैदानमा होमिने निर्णय चैं किन गर्नुभो ?

किन नेपथ्यमा रहन्छु र म ? निर्णय लिन समय लिन्छु जब बिचार बनाई एउटा निर्णयमा पुगेको हुन्छु सतिसाल झै अडिग र निर्भिक रहन्छु । यदी यहाँले मेरो बिगत हेर्नु भयो भने यसको पुष्ट्याई मेरो ट्रयाक रेकर्ड यस्तै पाउनु हुन्छ। जहां सम्म म आफै चुनाबी मैदानमा किन भन्ने सवाल छ, म २००५ देखी चाहे यूके भनौ वा अन्तराष्ट्रीय परिषदमा भनौ – प्रत्यक्ष सहभागी छु । संस्थाले यस १८ बर्षमा जे जति काम गर्यो, जे जस्तो आकार ग्रहण गर्दै बिश्वब्यापी संजाल निर्माण गर्न सफल भयो – तर यसको संस्थागत बिकास, ध्येय उदेश्य र कृयाकलापहरु अब परिमार्जित भै समय सापेक्ष हुनु जरुरी छ । अबको पुस्ताले यथास्थितीमा मात्र बिश्वास गर्दैन, पुरानै भावभंङ्गीले उनीहरुलाई आकर्षित गर्न सक्दैन, राज्यले अहिले जे डेलिभरी भै राखेको छ सो भन्दा सयौगुणा बढी अपेक्षा राखेको छ- यि सबै आकांक्षाहरु पुरा गर्न पनि केन्द्रीय नेतृत्वमा जानु बान्छनिय देखिएकोले अगाडी बढ्ने निश्कर्षमा पुगेको हुँ

यो चुनाबमा तपाइको प्रमुख मुद्दाहरु के के हुन् र तपाइको जित्ने आधार के हो ?

माथि पनि भनिसके, समान्य परिवर्तनले मात्र यो संस्था लामो समय चल्दैन । चुनाब देखी चुनाब सम्म, भातृसंगठन चलाए झै यसले साझा आकार ग्रहण गर्दैन तसर्थ नयां सोचका साथ रुपान्तरण जरुरी छ । यस कार्यकाल २०१९-२१ मा केही नितिगत सुधारहरुको थालनी भएको छ तर यो अभियान एक अमूर्त संझौतामा थाँति रहेको छ । अब यसको पूनर्उत्खनन गर्दै मुलरुपमा “७ स अभियानको साथ’ मेरो केन्द्रीय सचिबमा उम्मेदवारी छः

१. साझा एनआरएन
२. सक्षम र सबल एनआरएन
३. शुल्करहित एनआरएन
४. स्मार्ट एनआरएन
५. सीप, ज्ञान र नवप्रबर्धन सहित दीगो एनआरएन
६. सरोकारवालाहरुसंगको भरपर्दो सहकार्यको एनआरएन
७. सबैको पहुंच सहित उत्तरदायी र पारदर्सी एनआरएन
यिनै मुद्दाहरुलाई बिस्तृत र भरपर्दो रुपमा लागु गर्ने प्रतिबद्धता, मेरो यो १८ बर्षसम्मको लगाब, पुराना तथा नयां एनआरएनहरु समेतको सहकार्य र सदभाव-सहयोग, बिगतमा लिईएको जिम्मेवारी बहन र आम एनआरएन बृत्तमा लगाईएको काम फत्ते गर्न सक्ने आम बुझाई नै मेरो जितको आधारहरु हुन।
तपाइँकको प्रतिक्रिया (Facebook )
रमेश कायस्थ

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?