माता पितामा समर्पित ५ मुक्तकहरु

************* १ **************

धैर्य के हो जान्नलाई सीतालाइ हेर
ज्ञान बुझ्न मन लागे गीतालाइ हेर
ईश्वरको दिब्य मुहार हेर्न मन लागे
हरेक पल आफ्नो माता पितालाइ हेर

************** २ **************

सुन्दर बालापन तिमीलाई दिन खोज्नुहुन्छ
आमा बुबा धन तिमीलाई दिन खोज्नुहुन्छ
पहिला तिमीलाई तिम्रो जीवन दिइसकेपछि
आफ्नो सारा जीवन तिमीलाई दिन खोज्नुहुन्छ

************** ३ **************

दायाँ के हो बायाँ के हो बुझ्न सकिदैन
बर पिपलको छायाँ के हो बुझ्न सकिदैन
जबसम्म सन्तानको स्याहार गरिदैन
बाउआमाको मायाँ के हो बुझ्न सकिदैन

************** ४ **************

जमाना छ नक्कलीको बिक्ने कुरा यहि नै हो
सत्य तितो हुन्छ तर टिक्ने कुरा यहि नै हो
बाउ आमालाई जस्तोगरी व्यवहार गर्छौ हामी
हाम्रा सन्ततिले पनि सिक्ने कुरा यहि नै हो

************** ५ **************

बारीको गहु तोरीको चिन्ता गर्नुहुन्छ
सधै मेरो कमजोरीको चिन्ता गर्नुहुन्छ
उमेरले असी बर्ष नघिसक्दा पनि
अझै आफ्नो छोराछोरीको चिन्ता गर्नुहुन्छ

 

तपाइँकको प्रतिक्रिया (Facebook )
रमेश कायस्थ

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?

Sponsered Advertisement