बेलायतमा १५५औं मोती जयन्ती तथा मुक्तक वाचन भब्य रुपमा सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान युके शाखाको आयोजनामा सेप्टेम्बर ११ का दिन १५५औं मोती जयन्ती तथा मुक्तक र गजल वाचन कार्यक्रम भर्चुअल जुम माध्यमबाट भब्य रुपमा सम्पन्न भएको छ । दुई  चरणमा संचालन गरिएको  उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष्य रामकाजी कोनेले मोतीराम भट्टको जीवनीमा प्रकास पार्दै उनी नेपाली गजल र मुक्तक विधाका प्रवर्तक भएको कुरा गरेका थिए भने नेपाल मुक्तक प्रतिष्ठान युकेका वरिष्ठ सल्लाहकार डा. रुपक श्रेष्ठले उनको व्यक्तित्व तथा कृतित्व बारेमा सविस्तार चर्चा गरेका थिए । मोतीराम भट्ट बारे चर्चा गर्दै डा. श्रेष्ठले भने उनी बहुआयामिक व्यक्तित्वका धनी थिए, छोटो उमेरमा उनले नेपाली साहित्यका २५ वटा पुस्तकहरु प्रकासन गरे, खासगरी मुक्तक र गजललाई निकै उचाई दिए र भानुभक्तलाई आदिकवीको रुपमा रुपमा नेपाली साहित्यमा स्थापित गरे ।

कार्यक्रममा मुक्तककारहरु नृपेश उप्रेती, बिनोद अधिकारी, कुमार केसी, प्रतिमा केसी, जीत बुढाथोकी छन्त्याल, नानु राना थापा, अहिल्या कुँवर र मोहन आचार्य जलदले ४/४ वटा रसिक, चोटिला तथा  समसामयिक बिषयमा मुक्तकहरु प्रस्तुत गरेका थिए भने डा. रुपक श्रेष्ठ, राज श्रेष्ठ, सेमन्त वालाक्पा राई, भरत लोहोरुङ्ग राई, गङ्गा भण्डारी, सुमल कुमार गुरुङ, रामकाजी कोने र दुर्गा प्रसाद पोख्रेलले क्रमश १/१ गजल र २/२ वटा प्रेमिल तथा देशप्रेमले भरिएका गजल र मुक्तक वाचन गरेका थिए ।

नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष्य दुर्गा प्रसाद पोख्रेलको अध्यक्ष्यता, सल्लाहकार बिनोद अधिकारीको संयोजन र महासचिव नृपेश उप्रेतीको संचालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष्य रामकाजी कोने थिए भने अतिथिहरुमा बरिष्ठ सल्लाहकार डा. रुपक श्रेष्ठ र सल्लाहकार सुमल कुमार गुरुङ थिए । कार्यक्रममा सहभागी साहित्यकारहरुलाई उक्त कार्यक्रमका संयोजक बिनोद अधिकारीले स्वागत गरेका थिए भने सेमन्त राईले मीठो बाँसुरीको धुनले स्वागत गरेका थिए । कार्यक्रमको दोस्रो सत्रको संचालन अहिल्या कुँवरले गरेकी थिइन । जुम प्रबिधीबाट सम्पन्न गरिएको उक्त कार्यक्रमलाई अमेरिकाबाट संचालित ईनेपाली डट कमले फेसबुक लाइभ गरेको थियो ।

पुरा कार्यक्रम यो लिंकमा हेर्न सकिन्छ /

तपाइँकको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?