मेरा प्रतिबद्धताहरु

रामशरण सिम्खडा

गैर आवासीय नेपाली संघको करीव १८ बर्षपछि मैले केन्द्रीय नेतृत्वमा जाने निश्चय गरेको छु । सन् २००३ सालमा गैरआवासीय नेपाली संघको बेलायतमा परिकल्पना गर्दा विश्वभर छरिएर रहेका नेपालीले गर्व गर्न लायक संस्थाका रुपमा विकास गर्ने लक्ष्य हाम्रो थियो । संस्थापक मध्येको एक म आफै पनि गैर आवासीय नेपाली संघ स्थापनादेखि हालसम्म अनवरत रुपमायस अभियानमा  जोडिएको छु । पद, प्रतिष्ठा भन्दा पनि विश्वभर छरिएका प्रवासी नेपालीलाई समेट्ने अभियानबाट म टाढा कहिल्यै भईन । कुनै न कुनै रुपमा यो अभियानमा निरन्तर लडिरहेको छु ।
विश्वका ८४ देशहरुमा यसको सञ्जाल फैलिएको छ । कतिपय देशमा गैरआवासीय नेपाली संघले कार्य गर्न नसक्दा निस्कृय जस्तै छन । तरपनि ईतिहासमा पहिलो पटक  संघमा विश्वभरका १ लाख १० हज़ार भन्दा बढी पंजिकृत सदस्यहरु संस्थामा आबद्ध भैसकेका छन ।


नेपाल बाहिर पनि नेपाली छन । नेपाली मन छ । नेपाल छ भन्ने मान्यतालाई गैरआवासीय नेपाली संघले स्थापित गरिसकेको छ । विशेष गरि जन्मभूमिका सुख र दुखमा एक ठाउँमा उभिएका छन । भुकम्पमा मलमपट्टी लगाउन धेरै गैरआवासीय नेपालीले नेपालमै बसे । भुकम्प पीडितलाई उपचार गर्ने, अस्थायी बासको व्यवस्था गर्ने र राहत वितरण गर्ने कार्यमा गैरआवासीय नेपालीको भुमिका उल्लेख्य रह्यो । त्यस्तै मातृभूमीमा बिपद पर्दा पीडितलाई सहयोग गर्न अग्रभागमै गैरआवासीय नेपाली संधै खटिंदै आएकै छ ।

गैरआवासीय नेपालीले जन्मभुमि प्रति देखाएको माया र समपर्णलाई भुकम्पदेखि कोरोना संक्रमण नियन्त्रणसम्म हेर्ने हो भने थप केही भन्नु पर्दैन । संघको औचित्य दैनिक रुपमा स्थापित हुदै गएको छ । नेपाल सरकारसँगको सहकार्य कोरोना संक्रमणका बेला झन गाढा हुँदै गएको छ । आउने दिनमा यसलाई थप प्रगाढ बनाउदै लैजानु पर्छ । एकअर्का बीच सहकार्य जारी राख्नु पर्छ । यस्ता मानवीय परोपकारी कार्यहरूलाई थप ब्यवस्थित र मर्यादित बनाउन एनआरएन फ़ाउण्डेशन स्थापना गरि कामको थालनी गरिएको छ ।

अल्पविकसित मुलुकका रुपमा रहेको नेपालमा लगानी बढाई रोजगारी निर्माण तिर लाग्नु पर्छ ।  स्थापना काल देखिको परिकल्पना, साना साना लगानीकर्ताहरू समेत लाई समेटदै १० अर्ब लगानीको सोच अब कार्यान्वयन चरणमा यसै पाला शुरू भएको छ जसमा २०औ अर्ब लगानी पुग्ने निश्चित देखिएको छ।

सन् १९९० को राजनीतिक परिवर्तन पछि मुलुक बाहिरआएका  नेपालीहरुले पहिलो पुस्ताले विदेशमा समेत ससना लगानी मार्फत ठूलो संख्यामा रोजगारदाता समेत बन्न सफल भएका छन् । बिभिन्न पेशा सकृय नेपालीहरु पेशागत अवस्थामा सबल हुदै आएका छन् भने विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको संख्या क्रमश बढ्दो छ। युवाबर्ग संघका सामाजिक कार्यमा संलग्न हुन तयार छन । संघले दोस्रो पुस्तालाई केन्द्रमा राखेर कार्यक्रम ल्याउनु पर्ने आवश्यकता महशुस गरेको छु । म आफै पनि यस्मा लाग्ने प्रण गर्दछु ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई विश्वभर फैलिएका नेपालीहरुको साझा चौतारीको रुपमा स्थापित गर्नु पर्छ । एनआरएनएलाई सबैले अपनत्व ग्रहण गर्न सक्ने गरि विकास गर्न जरुरी देखिएको छ । यसलाई  ‘ग्रासरुट’ लेभलमा लैजानु पर्नेमा अव दुई मत नहोला । सर्वसाधारणका ससाना समस्यहरुलाई समेत संस्थागत रुपमा सम्बोधन गर्दै घर घरमा एनआरएनए अभियान संचालन गर्नुपर्ने आवश्यकता भैसकेको छ ।

मातृभूमि नेपालसंग जोडिन चाहने तथा अध्ययन, रोजगारी वा अन्य विविध कारणले मातृभूमि छोड्न बाध्य नेपालीहरुले अभिभावक संस्थाका रुपमा महसुस गरी एनआरएनए भित्र स्थान पाउने वातावरणको पहल गर्न ढिलाई गर्नु हुदैन ।

एनआरएनएको अभियानमा  सबैलाई जोड्न निशुल्क सदस्यका अवधारणामा पटक पटक छलफल भैसकेको छ । म स्वयं यस अभियानको एक सारथी भएकोले यसको लागी बैकल्पिक ब्यवस्थामा संघ लागी परेको र यस्ता पूर्वाधारहरु तय गर्न संघ प्रतिबद्ध भै लागी परेकै छ । एनआरएनए सदस्य किन बन्ने? सदस्य बनेपछि कस्तो सुबिधा उपलब्ध हुन्छ? सदस्य नबने कस्ता  अवसरबाट  बन्चित भइन्छ?  सदस्य बने पछि अप्ठ्यारो स्थितिमा कस्तो  संस्थागत   सहयोग पाइन्छ? भन्ने सचेतना जगाउनु जगाउनु पर्छ । यस्ता जनजागरण अभियानले विदेशमा रहेका नेपालीहरुलाई संघको छाताभित्र ल्याउन र एकीकृत हुन मद्दत गर्दछ ।  निशुल्क सदस्यता अभियान लागु गर्न नसक्दा एनआरएनएमा निर्वाचनको वेला हुने  खर्च र आर्थिक चलखेल रोक्न सकिएको छैन । त्यसैले संघभित्र आबद्ध हुन लाग्ने शुल्कहरु खारेज गरि सर्वसाधारणको समेत सदस्यतामा पहुंच पुर्याउनु पर्छ ।

संघलाई समेत पूर्ण डिजिटल प्रविधिमा लैजान कामहरुको शुरुआत भैसकेछन् । एनआरएनए सदस्यहरुको विवरणको अभिलेखीकरण, परिचयपत्र लगायतका विषयलाई आधुनिक प्रणालीभित्र ल्याइएको छ । प्रविधिमा आइपर्ने समस्याहरुलाई समाधान गर्दै व्यक्तिगत विवरण दर्ता सम्बन्धि नीति प्रक्रियाको उचित कार्यान्वन गर्नुपर्छ । स्मार्ट फोन जस्तै हातहातमा एनआरएनए अभियान अन्तर्गत एपको व्यवस्था गरि एनआरएनएको जानकारी क्षणभरमा संसारभर हेर्ने मिल्ने गरि विकास गर्नुपर्छ ।

विदेशमा कार्यरत नेपालीहरुको सिकेको ज्ञान र सीपलाई मातृभूमि नेपालको समृद्धीको लागि प्रयोग गर्ने उद्देश्यले एक सीप बैंकको स्थापना गर्नु पर्छ । क्षेत्रीय रुपमा एनआरएनएले ज्ञान र सीप सम्मेलन गरिसकेको छ । विदेशमा कार्यरत बौद्धिक नेपालीलाई एकत्रित गरि सिप बैकमा एकाकार गर्न वाँकी छ । आगामी कार्यकालमा यसलाई निष्कर्षमा पुर्याउनु पर्छ । जसमाले बौद्धिक वर्गलाई संघको अभियानमा स्थायी रुपमा जोड्न सकिन्छ । विदेशमा पहिलो पुस्ता र दोस्रो पुस्ताले सिकेको ज्ञान र सिप मार्फत नेपालभित्र बिभिन्न लगानी लगायतको क्षेत्रमा नवप्रर्वधनका कार्यक्रमहरु लागु गर्ने लक्ष्यमा हामी अघि बढने छौं ।

मातृभूमि नेपालको आर्थिक विकास र समृद्धीका लागि एनआरएनएको एकल प्रयासले मात्र सम्भव छैन् ।  एनआरएनएले प्रवासमा रहेको करीव ६० लाख नेपालीहरु, नेपाल सरकार, दातृनिकायहरुको सहकार्य गराई नेपालको समृद्धिमा एकाकार भएर लाग्नु पर्छ ।
संघको पन्जिकृत सदस्यहरुको संस्थाका उच्च नेतृत्वमा समेत पंहुच पुर्याउन सुचना आदान प्रदानको संयन्त्र निर्माण गर्नुपर्छ । जसकाले पंन्जिकृत सदस्यहरुले नेतृत्वसँग सिधा सम्पर्क गर्न सकुन र आफ्ना समस्याहरु एनआरएनए मार्फत समाधान गर्न सकुन ।

स्थापनाकाल देखी पैरवी गर्दै आएको नेपाली नागरिकता निरन्तरता अहिले संबिधानमा “गैरआवासीय नेपाली नागरिकता” प्राप्तीमा गएर अड्किएको छ । जब नागरिकहरूमा बिभेद वा बर्गिकरण हुन्छ कूनै न कुनै दिन यो बिभेदको बिरूद्द बिष्फोट हुन्छ । तसर्थ पूर्ण अधिकार संहितको नागरिकताको लागी भद्र आन्दोलित हुंदै गोर्खाजहरूको समान हक़ अधिकार, प्रवासबाट पनि नेपाली नागरिकले मतदानमा सहभागिता को प्रत्याभूति, सुरक्षित र मर्यादित श्रम बजार को शुनिश्च्चितता तथा श्रमिक कल्याण र श्रमिकहरूको लागी योगदानमा आधारित पेन्शन (हज़ारे अभियान) लाई थप ऊँचाईमा पुर्याउनु आजको आवश्यकता हो ।

(लेखक सिमखडा वर्तमान आईसीसी सदस्य एवं बिधान समिति सहसंयोजक एवं  संघको १० औं महाधिवेशनमा केन्द्रीय सचिव पदका उम्मेदवार हुन)

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?