महानन्द ढकाल कोहलपुर,
१
सागर जस्तै शान्त रहन पनि सकिदैन
हावा जस्तै चुपचाप वहन पनि सकिँदैन
स्वाभिमानमा जब खेलवाड गर्न खोजिन्छ
सधैं सधैं बुद्ध बनी सहन पनि सकिदैन ।
२
हामीले हाम्रो सान बोकेर हिडेका छौं
जहाँ जान्छौं पहिचान बोकेर हिडेका छौं
शिर नझुकाउनु हामीले सिकेको यत्ति हो
श्रद्धाले पुर्खाको योगदान बोकेर हिडेका छौं ।
३
भाषा नबदलियोस् हाम्रो भेष नबदलियोस्
नेपालीपन नबदलियोस् परिवेश नबदलियोस्
सत्ता अनि संस्कार बदलियोस केही फरक पर्दैन
नेपाली हुनुमै गर्भ छ हामीलाई देश नबदलियोस् ।
बाँके
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021