(फोटो साभार: नेपाल प्रेस)
रुपन्देहीमा नेपाली कांग्रेसको देउवा पक्ष बलियो

यतिबेला देशमा तीन कुराहरुले बिशेष रौनकता छाएको छ । कोरोना कहरको वाबजुद एकातिर दशैंले देश धपक्कै छोपेको छ भने अर्कोतिर नेपाली कांग्रेसको १४ औं महाधिबेशनको केन्द्रदेखि वडासम्मको भेला र निर्वाचन गतिविधी भैरहेको छ भने एमाले फुटेर नेकपा समाजबादी बनेको छ ।
नेपाली कांग्रेसको १४औं अधिबेशनमा हालका गृहमन्त्री तथा कांग्रेसका देउवा पक्षीय नेता बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीका अधिकांश स्थानीय तहमा बर्तमान सभापति शेरबहादुर देउवा प्यानल नेतृत्वमा आएको छ । रुपन्देही जिल्लामा रहेका १६ वटा स्थानीय निकायहरु मध्य ८ वटा स्थानीय तहमा देउवा पक्ष, ५ वटा निकायमा पौडेल पक्ष, १ निकायमा भारत शाह पक्ष र २ वटा निकायमा मिश्रीत प्यानल निर्बाचित भएको छ । यस भन्दा पहिले देउवा पक्षमा रहेका नेता भरत शाहको असन्तुष्टिका कारण बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा भने पौडेल पक्षीय नेताहरु बिजयी भएको देखिन्छ ।
रुपन्देही जिल्लाका १६ स्थानीय निकाय मध्ये पाँच निकायमा निर्विरोध नेतृत्व चयन भएको छ । जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमतसरिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए ।
बाँकी ११ वटा स्थानीय निकायमा भएको निर्वाचनमा २ वटामा पौडेल पक्ष र ८ वटामा देउवा पक्ष निर्वाचित भएका छन । बुटवल उपमहानगर सभापतिमा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयले देउवा समूहकी रीता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन । त्यसै गरी देवदहमा पौडेल समूहकै गुणाखर भुर्तेल विजयी भएका छन । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका हुन ।
त्यसै गरी तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे विजयी भएका छन् । उनले रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेलाई पराजित गरेका थिए । सिद्धार्थनगरमा देउवा पक्षीय कोसिस खड्का विजयी भएका छन । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन । त्यसै गरी सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुन भने पोखरेल बालकृष्ण खाँण निकट मानिन्छन ।
समुहगत सारांश यस्तो छ:
बुटवल उपमहगर्पालिका: खेलराज पाण्डे (पौडेल समूह, निर्वाचित)
देवदह नगरपालिका: गुनाखर भुर्तेल (पौडेल समूह, निर्वाचित)
कोटहीमाई गाउँपालिका: अवधराम यादव (पौडेल समूह, निर्बिरोध )
मर्चवारी गाउँपालिका: जनार्दन यादव (पौडेल समोह, निर्बिरोध)
सम्मरीमाई गाउँपालिका: रमेश यादव (पौडेल समूह, निर्वाचित)
तिलोत्तमा नगर पालिका: हरिलाल पाण्डे (देउवा समूह निर्वाचित)
सिद्धार्थनगरनगर पालिका: कोशिसबहादुर खड्का (देउवा समूह निर्वाचित)
सैनामैना नगर पालिका: रणबहादुर खनाल (देउवा समूह निर्वाचित)
गैडहवा गाउँपालिका: सत्यनारायण पथिक (देउवा समूह, निर्बिरोध)
मायादेवी गापाः पदम भण्डारी (देउवा समूह, निर्वाचित)
रोहिणी गाउँपालिका: पारसनाथ योगी (देउवा समूह, निर्वाचित)
सियारी गाउँपालिका: गोपाल पाण्डे (देउवा समूह, निर्वाचित)
शुद्धोधन गाउँपालिका: दामोदर पौड्याल (देउवा समूह, निर्वाचित)
लुम्बिनी सांस्कृतिक नगरपालिकाः मोहम्मद सहिद खाँ (भरत शाह पक्ष निर्बिरोध)
कन्चन गाउँपालिका: देवीराम रेग्मी (संयुक्त निर्वाचित )
ओमतसरिया गाउँपालिका: भगवानप्रसाद चौधरी (संयुक्त निर्बिरोध)
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021