महानन्द ढकाल
साहास बोकी अघि बढे बास पुरै तिम्रो हुन्छ
पूरा धर्ती तिम्रो हुन्छ, आकाश पूरै तिम्रो हुन्छ
डगमगाउन सके धर्ती, आकाश पूरै थर्काउँदै
गाँस तिम्रो, बास तिम्रो, कपास पूरै तिम्रो हुन्छ

सीमितको मुठ्ठीभित्र थामिएको स्वतन्त्रता
तताउन सके रगत निकास पूरै तिम्रो हुन्छ
अग्रगामी बन तिमी, नकमाऊ खुट्टाहरू
हिमाल, पहाड, तराइको विकास पूरै तिम्रो हुन्छ
काँतर बनी शिर सँधै झुकाउनेले कहिल्यै पनि
पाउँदैनन् केही कुरा स्यावास पूरै तिम्रो हुन्छ
अवीर, माला, सम्मानको रास पूरै तिम्रो हुन्छ
पाना पाना अनुवन्दित इतिहास पूरै तिम्रो हुन्छ ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021