फेसबुक ६ घण्टा बन्द हुँदा संसारभर तहल्का

ग्रीनवीच समयअनुसार हिजो सोमबार साँझ करिव ५ बजेपछि ६ घन्टासम्म संसारभरिका करिव ३.५ अरब सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक इन्स्टाग्राम, ह्वाट्सएप, फेसबुक मेसेन्जर र ओकुलस चलाउनबाट बन्चित भए । त्यस समयमा, अन्तर सम्बन्धित ती सामाजिक संजालमा एकै पटक प्राबिधिक समस्या आएर सबैले काम गर्न छोडेका थिए ।

एउटा मात्र सानो घटनाले संसार एकैचोटी कम्पित हुन्छ । यसका आर्थिक र वित्तीय अवयवहरु पूर्ण रुपमा प्रभावित हुन्छन् । बेलायतको पत्रिका दि गार्जियनका अनुसार सामाजिक संजाल फेसबुकमा आएको प्राबिधिक समस्यासंगै फेसबुकका सिईओ मार्क जुकरबर्गको सम्पति र विश्व शेयर बजारमा ठूलो उतारचढाव आएको छ । फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्ब डलर भन्दा बढी अमेरिकी डलर गुमाएका छन् । अमेरिकी टेलिभिजन ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन् । यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन् ।

२०१९ पछी हिंजो सोमबार फेसबुकमा प्राविधिक समस्या आएसंगै यो विषयले अमेरिकी सरकारी अधिकारीको समेत ध्यान तानेको कुरा त्यहाँको सरकारी टेलिभिजनमा प्रसारण गरेका छन । यस घटनमा जुकरबर्गले आफ्नो फेसबुक स्टाटसमा असुविधाको लागि क्षमायाचना गरेका छन तर के समस्या आएको हो त्यस बारे केहि बोलेका छैनन् ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?