अव्दुल लतिफ शौक तुलसीराम स्मृति पुरस्कारबाट सम्मानित कविता वाचन कार्यक्रम सम्पन्न ।

कोहलपुर बाँके,

उर्दु शायर अब्दुल लतिफ शौक तुलसीराम स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । २०६२ सालमा तुलसीराम ढकालको स्मृतिमा स्थापना भएको ७,७७७/- रासीको पुरस्कारबाट दीर्घकालीन रुपमा साहित्य सेवा गरे बापत यो वर्ष अब्दुल लतिफ शौकलाई प्रदान गरिएको हो।

कार्यक्रममा बद्री ढकालको हाइकु सङ्ग्रह “ठ्यौको” र छविलाल खड्काको साइनो सङ्ग्रह “बिरौटो” कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा साभा सदस्य हरिप्रसाद तिमिल्सिनाले विमोचन गरे । यी सङ्ग्रहहरू पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशित गरेको हो । कार्यक्रमको दोस्रो चरणमा रचना वाचन कार्यक्रमको आयोजना भएको थियो । यो कार्यक्रममा पछिल्लो समयका सशक्त कविहरू सुनिता खनाल र विपि अस्तुले सात/ सात वटा कविताहरू सुनाएका थिए । कार्यक्रमको सहजिकरण रचना विभागका प्रमुख हेमप्रकाश मन्जिलले गरेका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसद उषा पुन, डा इन्द्रबहादुर भण्डारी, महानन्द ढकाल, सागर गैरे, इश्वरी रिजाल, मणि अर्याल, ऋचा लुइँटेल, सुमित्रा एवम् डि एस पि रविन्द्र खनाल लगायत झण्डै १०० बढीको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष कपिल अन्जान र सन्चालन खोपिराम वलीले गरेका थिए ।

पूर्णिमा साहित्य प्रतिष्ठानको महत्त्वपूर्ण पुरस्कारको रुपमा रहदै आएको यो पुरस्कार हरेक वर्ष प्रदान गरिदै आएको छ । भाषा साहित्यमा उल्लेखनीय कार्य गरे बापत प्रदान गरिने यो पुरस्कारबाट हालसम्म पुष्प अधिकारी अञ्जली, राजेन्द्र धिताल, पदम राज जोशी, प्रा डा गोपालप्रसाद अधिकारी, डा दिपक गौतम, सृजन लम्साल, टिकाराम उदासी, भिष्म उप्रेती, किरण आचार्य, सरिता तिवारी जस्ता देशका विभिन्न स्थानका विशिष्ट साहित्यकारहरू सम्मानित भइ सकेको कुरा पुरस्कारका संस्थापक साहित्यकार महानन्द ढकालले बताए ।

कार्यक्रमका केहि तस्वीरहरु :

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?