तिम्ले पुज्दा देउता हुन्छ

गीत 

तिम्ले पुज्दा देउता हुन्छ अरुले पुजे ढुंगा भन्छौ
मान्छे सबै उस्तै हो नि ठुलो – सानो किन भन्छौ

मिलि-जुलि बाँच्नु राम्रो, मरी लानु के नै छ र
मानव चोला दुइ दिने हो अजम्बरी को नै छ र

बांचुन्जेली सद्भाव बाँडौं आफ्नो पराई किन भन्छौ
खाने सबले दुई गाँस नै हो धनी गरीब किन भन्छौ

हिंदू अल्ला येशु बुद्ध देऊता आखिर देऊतै हो नि
बाटो मात्र फरक – फरक गन्तब्य त एऊटै हो नि

तिम्ले पुज्दा देउता हुन्छ अरुले पुजे ढुंगा भन्छौ
मान्छे सबै उस्तै हो नि ठुलो – सानो किन भन्छौ

भरत लोहोरुङ राई
सङखुवासभा, हाल बेलायत

तपाइको प्रतिक्रिया (Facebook )