नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले सूचना तथा जानकारी मार्फत समुदायलाई सहयोग गर्न वृद्ध आमाबाबाहरुलाई ट्याब्लेट वितरण गरेको छ ।
संस्थाको पहलमा फन्डिङ जुटाएर उपयोगी एपहरु र सफ्टवेर सहित ३५ ओटा ट्याब्लेट बृद्धवृद्धाहरुलाई वितरण गरिएको संस्थाका संयोजक राज ओझाले बताए ।

संस्थाका पदाधिकारीहरु सचिव रबिन्द्र अधिकारी, कमल पौडेल, समीर प्याकुरेल, कुल सिग्देल, चुरामणी रेग्मी, बसन्त नेपाल लगायतको उपस्थितिमा ३५ जना आमाबुवाहरुलाई ट्याब्लेट वितरण गरीएको सचिव रबिन्द्र अधिकारीले जानकारी दिए ।
साउथ ह्यारो स्थिति गोल्डेनसिप रेस्टुरेन्टमा आयोजित कार्यक्रममा ट्याब्लेटहरु वितरण गरिएको थियो ।
बाँकी ३५ ट्याब्लेट अर्को कार्यक्रम आयोजना गरि नोभेम्बर महिनामा वितरण गरिने अधिकारीले जानकारी दिए ।
जनचेतनामूलक शिक्षा तथा जानकारीमुलक कार्यक्रम संचालन गरेर प्रौढहरुलाई बेलायतको बसोबास सहज बनाउने हेतुले एनबिसी युकेले कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको संयोजन संस्थाका पुर्व अध्यक्ष कमल खनालले गरेका छन् ।
एनबिसी युकेले नेपालमा प्रकोप तथा असहज परिस्थितिमा पनि सहायता गर्दै आएको छ । कोरोना भाइरसको प्रकोपले असहज परिस्थितिमा संस्थाले औषधि , अक्सिजन तथा खाद्यान्न सहयोग गरेको थियो। त्यस्तै संस्थाले नियमितरुपमा योग तथा फिटनेस कक्षाहरु, भाषा संस्कृति प्रबर्धन, ब्रिटिश नेपाली नयां पुस्तालाई प्रोत्साहन जस्ता गतिविधि संचालन गर्दै आएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021