गजल
मेरो देशमा प्रचण्ड घाम थिएन र आएँ
उधोग कारखाना, काम थिएन र आएँ
स्वदेश मै दिनरात मेहेनत त गरेकै हुँ,
यहाँ जस्तो गाठ, दाम थिएन र आएँ

छेउ कै घर जब मैले ठूलो देख्न थाले
उनको जस्तै सान, नाम थिएन र आएँ
न हातमा सिप थियो, न थियो रोजगार
इलमी पारिश्रमीको लाम, थिएन र आएँ
आरामै आराम, फुर्सदै फुर्सद पनि थियो
सरस्वतीको कतै कुनै, धाम थिएन र आएँ
उद्योग कारखाना, काम थिएन र आएँ
मेरो देशमा प्रचण्ड घाम थिएन र आएँ
सुवास गिरी
कम्दी -९, बाँके
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by कुमार केसी (see all)
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021