बेलायतको रेडिंगमा शारदीय नवरात्रको अनुष्ठान आरम्भ

लण्डन काठमान्डौ सम्बाददाता

सनातन धर्म परम्परा अनुसार यसबेला विश्वभर छरिएर रहेका हिन्दुहरु दशैँ पर्व वा शारदीय नवरात्र मनाइरहेका छन ।  हिमालयन सिद्ध महायोग परिवार युकेले पनि युकेको रेडिंग सहरमा स्थित साधना केन्द्रमा घटस्थापना संगै नवरात्र अनुष्ठानको  शुभारम्भ गरि नवरात्रीको कार्यक्रम दिव्य र भब्य रुपमा मनाइरहेको छ। संस्थाको यो नवरात्र कार्यक्रमको विशेसता पहिलाका वर्षहरुमा भन्दा निकै फरक भएको कुरा सिद्ध महायोग परिवारका सदस्यहरु बताउछन । यस सम्बन्धमा रेडिंग केन्द्रका संचालक लक्ष्मण श्रेष्ठ बताउनु हुन्छ: पहिला नवरात्र मनाउदा आफूले देखेसुनेको चलन अनुसार घटस्थापना गरेर खानपानमा बिशेस जोड दिएर मनाइन्थ्यो।  तर यसपाली चाही घटस्थापनाका साथै सात्विक भोजन र बिसेष अनुष्ठान सहित शक्तिको आराधना गरेर आफू भित्र अध्यात्मिक चेतनाको विकास पनि र विश्व मानव समाजको कल्याणको लागि पनि कामना गरेर मनाइदै छ। वहा थप्नु हुन्छ, हामीलाई यो बिशेष अनुष्ठान सहित नवरात्र मनाउने नयाँ बिधि सम्बन्धि प्रेरणा परमपूज्य सद्गुरुदेव अनंतश्री विभूषित जगतगुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा ज्यूको सत्संकल्प र कृपाद्वारा प्राप्त भएको हो। यसै प्रसंगमा संस्थाका अध्यक्ष गोविन्द घिमिरे थप्दै भन्नु हुन्छ: हाम्रो हिमालयन सिद्ध महायोग युके परिवार इच्छुक सबै दाजु भाइदिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी हुन निम्ता गर्दै विजयादशमी २०२१ को हार्दिक मंगलमय सुभकामना पनि अर्पण गर्न चाहन्छ |

नौ दिन सम्म हुने यो कार्यक्रम भक्त तथा उपासकहरुले नवरात्रीको ब्रत बसेर, रामचरितमानस, रामरक्षा स्तोत्र, हनुमान चालिसा जस्ता ग्रन्थ वा स्तोत्र पाठ गरेर, स्तुती गाएर तथा भजन किर्तन गरेर दिव्य र भव्य रुपमा मनाउने छन । नवरात्री/नवदुर्गा उपासनाको क्रममा ९ दिन सम्म क्रमश: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री को पुजा अर्चना गरिने छ । पहिलो दिन सम्पन्न यस कार्यक्रममा दर्जनौ भक्तहरु प्रत्यक्ष रुपमा सहभागी भै सुश्री चन्द्रकला सखिको सुमधुर संगीतमय  गायन पच्छ्याउदै रामचरितमानस नवपारायण पाठ गरिरहेका थिए भने अरु थुप्रै भक्तहरु जुम मार्फत सहभागी भएका थिए । नवरात्रको दिव्य पूजा आराधनाको साथै सुश्री चन्द्रकला सखीजीको मुखारबिन्दवाट श्रीमदरामचरितमानसको संगीतमय गायन नियमित रुपमा नौ दिन सम्म नै लगातार भैरहने कुरा आयोजकहरु बताउछन। संस्थाका सचिव उदय लम्सालका अनुसार सुश्री चन्द्रकला सखीजी जगतगुरु महायोगी सिद्धबाबा ज्यूकी कृपा पात्र, रामायण, श्रीमदरामचरितमानस तथा भक्तमालकी नेपालीभाषी प्रथम प्रबक्ता हुनुहुन्छ। भारतमा योग विज्ञान अध्यनरत  वहाले ११ बर्षको उमेरदेखि बेदमंत्र वाचन, रामायण कथा वाचन, भक्तमाल कथा वाचन, रामचरितमानस पारायण पाठ निपूर्णताका साथ गर्दै आउनु भएको छ ।

परदेशमा बसेर परदेशकै संस्कार र संस्कृति अनुसारका कार्यक्रममा अभ्यस्त भएका हामीलाई आफ्नो जन्मभूमिको सनातन संस्कृति अनुरुप नवरात्र अनुष्ठान गरी सुभारम्भ गरिएको यस प्रकारको कार्यक्रमले हाम्रो आफ्नो पुर्खादेखि चलि आएको रीति रिवाज तथा संस्कार संस्कृतिको  प्रबर्धन गर्नमा सहयोग पुर्याउन सक्ने भन्दै त्यहाँ सहभागी भक्तहरु खुशी ब्यक्त गरिरहेका थिए  । चन्द्रकला सखीका अनुसार निलाहार वा पूर्ण फलाहार गरेर बिधीपुर्बक यो ९ दिने अनुष्ठान गर्नाले अध्यात्म तथा कुण्डलिनी शक्तिको जागरणमा समेत सहयोग पुग्ने छ । बिशेष गरी यस नवरात्रमा योग, साधना तथा ध्यान गर्नाले मानिसको स्वभाव तमगुणबाट रजगुण र रजगुणबाट सतगुण तर्फ विकास हुँदै जाने छ । सखी भन्नुहुन्छ: युकेवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले युकेमै बसेर यस्तो अत्यन्त महत्वपूर्ण अनुष्ठानमा सहभागी हुन पाउनु नेपालको चतराधाम आश्रमका पीठाधीश अनंतश्री विभूषित जगतगुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाका कृपाले प्राप्त भएको हो ।

युके निवासी धेरै भक्तहरु अनुष्ठानका कर्ता रहेको जानकारी दिदै सुमित्रा श्रेष्ठ र आफू पनि मुख्य कर्ता रहेको कुरा रेडिंग साधना केन्द्रका संयोजक लक्ष्मण श्रेष्ठ बताउनु हुन्छ । वहा भन्नुहुन्छ, हामी त चन्द्रकला सखीले बडो कलापूर्ण रुपले रामचरितमानसको छन्दबद्ध रुपमा सप्रसंग गरेको प्रस्तुतिवाट मन्त्रमुग्ध भएका छौ । चन्द्रकला सखीले कृष्ण जन्माष्टमीको दिनमा बेलायतको अल्डरसटमा पनि श्रीकृष्ण जन्माष्टमी बारे अद्भुत प्रस्तुति गरि सक्नु भएको छ । सफल जीवनका लागि यो अत्यन्त महत्वपूर्ण र मनोरम अनुष्ठान भएकोले सनातन परम्परा मान्ने सबै इच्छुक दाजुभाइ दिदीबहिनीहरुलाइ स्वागत गर्न इच्छुक भएको कुरा कार्यक्रम ब्यबस्थापक समिति बताउछ । त्यसैले यस कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरुले महायोग साधक लक्ष्मण श्रेष्ठ तथा महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान युकेका पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत आयोजक संस्थाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?