जुलुस
आकाशबाट एक-एक गरि झरेँ ताराहरू

घर्तीमा पोखिए र त्यसपछि
शहरभरि बत्तीको मूल फूट्यो मान्छेहरूले बल्ल
अक्षर बोल्न सिके
एउटा बाटोले छाडिदियो अलिकति खुट्टालाई टेक्ने ठाउँ
त्यसपछि बल्ल खुट्टाहरूले हिड्न सिकेँ
र खुट्टाहरू जुलुस बनेँ ।
पहाडले रोकिदियो प्रकाशका किरण हरूको यात्रा
बडो संघर्ष चल्यो पहाड र किरणहरू बीच
बाध्यताले हारेँ किरणहरू र थाकेर तल झरेँ पहाडको छातीबाट
एकअर्कालाई अंकमाल गरेँ
त्यसपछि किरणहरू जुलुस बनेँ
र त उज्यालो आयो ।
बडो तनाव -तनावका बाबजुद बियाँहरू रूख बनेँ
ढुङ्गाहरू शालीग्राम बनेँ
हावा बादल बन्यो
तर मान्छेहरू मान्छे बनेनन्
कोही मालिक बनेँ
कोही दास बनेँ
एकातिर दबाउने हरूको जुलुस
अर्कोतिर दबिएका हरूको जुलुस
आँखाहरूबाट झरेँ जसरी चेतना
अझै निस्कदैछन् ढोका – ढोकाबाट जुलुसहरू
हातमा बोकेरै एउटा रित्तो काँचको गिलास
जहाँ भरिएको छैन झाँगड बस्तीमा उम्रेको उन्यूको रक्सी
जहाँ खसेको छैन राउटेँ बस्तीमा
लगाइएको पर्दाको छायाँ
कुसुन्डाको घरजस्तो कुनै अँध्यारो गल्लीमा
मूर्छित छ अझै हिस्ट्रीया लागेको लोकतन्त्र
ए अझै जुलुसमा हिडिरहेका हरू हो
“आइदेउ,
घुम्टो ओढाइदेउ ”
किनकि यो देशमा अचेँल प्रजातन्त्र खुब लजाएको छ ।
हेमन्त शिशिर
कोहलपुर, बाँके
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021