नेपालका सबै वडामा एमाले अधिबेशन एकै पटक उद्घाटन

नेपालका सबै वडामा एमाले अधिबेशन एकै पटक उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको केन्द्रिय कार्यालय थापाथलीबाट देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन भर्चुअल रूपमा एकैपटक उद्घाटन गरेका छन । सूचना प्रबिधीको पछिल्लो सुबिधायुक्त प्रबिधी जुमको प्रयोग गर्दै उनले यस्तो उद्घाटन गरेका हुन् । बेमौसमी बर्षाका कारण उत्पन्न समस्या र केहि तयारी पुरा नभएका केहि जिल्लाका वडा बाहेक देशभरका सबै वडामा आज अधिबेशन सम्पन्न भएका छन । अध्यक्ष्य ओलीका अनुसार यसरी एकै पटक देशभरका सबै आधारभुत कमिटीको एकै पटक उद्घाटन गरेको प्रजातान्त्रिक इतिहासमा देशको नै पहिलो इतिहास हो ।

उक्त उद्घाटन अधिबेशनमा ओलीले आफ्नो मन्तब्य राख्दैभने- “ बर्तमान पाँच दलीय गठबन्धन प्रतिक्रियावाद, कम्युनिष्ट आन्दोलन विरोधी, कम्युनिष्ट पार्टी फुटाउने र प्रतिगमनको बाटोमा  हिँड्ने समूह हो भने ” । उनले भने, “हाम्रा पार्टीका साथीहरूले मनमा दुविधा लिन जरुरी छैन । हामी वास्तवमा महान उद्देश्य प्रति समर्पित छौं । अबको चुनावमा एमाले एक्लै सानदार बहुमत ल्याउने हिसाबले अघि बढेका छ ” ।

  

अध्यक्ष ओलीले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन स्मरण गर्दै उक्त बिधान अधिबेशन सर्वसम्मत रुपमा सम्पन्न भएकोमा विरोधीहरु अचम्ममा परेको बताए । छ हजार प्रतिनिधिबीच अत्यन्तै सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना समेत लगाएको पनि ओलीले टिप्पणी गरे ।

आज देशभर उक्त अधिबेशन शान्तीपूर्ण रुपमा सम्पन्न भएको कुरा एमाले केन्द्रिय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?