पर्खाइ

पर्खाइ
(कविता)

तिमीले पोतेको पिढीँमा बसेर
म तिमीलाई नै कुरिरहेछु
आमा तिमी कहिले आउँछ्यौ ?
तिमीसँगै गएका तिम्रा सँगीहरू फर्किए
तिम्रै पछि लागेर गएकी माली गाई फर्किई
खोरमा फर्किसके काली बाख्रीको बगाल ।
आमा म ढोकाको घरालो नलगाएर
आँगन तिरै हेरी तिमीलाई नै पर्खिरहेछु ।
तिमी कहिले आउँछ्यौ ?

केशव निमेष
कोहलपुर

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?