सलह

सलह
(लघुकथा)

सलह सलहले सारा बाली नाली नष्ट पार्यो । किसानको  अरबौं क्षति भयो । सरकारले क्षतिपूर्तिको घोषणा गर्यो  । लाल्टीन धिप्धिप बल्दै दराजतिर गयो।
दराजले अचम्म मान्दै सोध्यो – “के को नौटंकी हो, लाल्टीन ?” दिन दहाडै बलेको ।
लाल्टीनले भन्यो – “म केही खोजी रहेछु ? ”
हिजो मात्र राखेको नगद नारायण थाह पायो कि भन्ने शंका गर्दै दराजले भन्यो – “के खोज्दै छस् तँ ?”
” सलह खोज्दै छु ।” लाल्टीन झन नजिक जाँदै भन्यो ।
“कस्तो पागल रहेछ ! सलह पनि हाकिमको कोठा-चोटा र दराजतिर हुन्छ ? किसानको बारीमा जा न । जहाँ बाली बोटबिरुवा हुन्छन् त्यहाँ पो सलह हुन्छन् ।” दराजले दर्शन छाँट्दै ढुक्क भयो ।
” हैन हैन । घाँस खाने सलह खोजेको हैन । ”
” कस्तो सलह त ?”
” घुस खाने सलह !”
दराज र लाल्टीनको वार्तालाप सुनि रहेको हाकिमको  मुटुमा चस्स घोच्यो  र झसंग झस्क्यो !

 

छविलाल खड्का
कोहलपुर

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?