प्रकृति

भरत बहादुर रानाभाट

दिन उहि हाे
रात उहि हो
प्रकृतिको लीला
कतै रात हुँदा
कतै दिन बन्छ
गोलो पृथ्वीकाे जुन
भूगोलमा भएनि
चन्द्र र सूर्य उनै हुन
खाली समय र
दुरि मात्र फरक हो
हावा र पानी एउटै
भएपनि
मात्र प्रदुषण र
रङ्ग फरक हाे
पृथ्वीले ओगटेको
क्षेत्रफलमा पानी धेरै
जमिन थोरै मात्र हाे
जलवायु परिवर्तन र
हरितग्यास उत्सर्जनले
पृथ्वीमाथि निम्तिने
खतराकाे घण्टीले
मानव अस्तित्व माथि नै
संकट मडारिएकाे छ
कतै खडेरी
कतै बाढी पहिराे
भुकम्प र भुक्षय
अतिवृष्टि र खण्डवृष्टि
हिउँ पग्लेर हिमताल
फुट्ने सम्मको जोखिम
न पृथ्वीले बनायो
न प्रकृतिले नै बनायो
प्रकृतिको दोहनले
प्राणी जगतले
संकटकाे सामना
गर्नुपरिरहेछ
वन बिनास
धुवाँ धुलाे र  प्रदुषणले
सुक्न थाल्यो पानीको मुहान
घट्न थाल्यो
हिम नदिको  वहाव
सधैं हिउँ जमिरहने
हिमाली चुचुरोमा
देखिए नाङ्गा पत्थर
आगजनी र फडानीले
वन जंगल रित्तिए
प्रकृतिले दिएकाे उपहार
संरक्षण गर्न नसकेर
प्रकृतिको विनासलाई
टुलुटुलु हेरेर बस्ने
प्राणी जगतकाे
सर्वश्रेष्ठ  हुँ भनेर
गमक्क फुल्ने
ए घमण्डि मान्छे हाे
आफ्नो बानी त सुधार
प्रकृतिले दिएकाे
यो सुन्दर उपहार
पृथ्वीलाई
प्रदुषण हुनबाट त बचाउँ
तिम्राे र प्रकृतिकाे भलो
यसैमा निर्भर छ ।

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?