स्लाउ (Slough) नेपाली समाजको अधिबेशन सम्पन्न अध्यक्ष्यमा खेम ढकाल

स्लाउ (Slough) नेपाली समाजको अधिबेशन सम्पन्न अध्यक्ष्यमा खेम ढकाल

स्लाउ नेपाली समाज Slough Nepalese Society (SNS) को गत शनिवार सिपेन्हाम कम्युनिटी सेन्टरमा सम्पन्न अधिबेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन गरेको छ । २५ सदस्यीय कार्यसमितिका अध्यक्ष्यमा समाजसेवी तथा अघिल्लो कार्य समितिका उपाध्यक्ष्य खेम प्रसाद ढकाल चयन भएका छन् । उक्त समाजका अन्य पदाधिकारीहरुमा तीन उपाध्यक्ष्यहरु लक्ष्मणजंग पाण्डे, लेखनाथ घिमिरे र प्रभु न्यौपाने, महासचिब बिबेक अधिकारी,  सचिब अजय सापकोटा, सहसचिब हेमराज न्यौपाने, कोषाध्यक्ष किरण अधिकारी र सह-कोषाध्यक्ष्यमा नरेश थापा चयन भएका छन् । त्यस्तै गरी अधिबेशनले बिभिन्न विभागीय संयोजकहरु पनि चयन गरेको छ जसमा खेलकुद संयोजक सुजन सिख्राकार, मनोरंजन कार्यक्रम संयोजक राजेन्द्र ओझा, महिला संयोजकमा श्रीमती खान्दो लामा र श्रीमती बिनिशा भण्डारी र युवा संयोजकमा साश्वत सुबेदी चयन भएका छन् भने कार्य समितिका अन्य पदाधिकारीहरुमा जीवन तिमिल्सिना, वोल्सींग थापा मगर, भिम थापा मगर, प्रवेश राई, जयराम मखीम, चुडामणी उप्रेती, मन्जु लामा, टंक गुरुङ, सुबित सम्बाहाम्फे, श्रीमती अन्सु बस्नेत र हेमन्त पाण्डे रहेका छन् ।

उक्त कार्यक्रममा दशैं- तिहारको उपलक्ष्यमा मनोरन्जनात्मक कार्यक्रम समेत भएको थियो । बेलायतको वर्कसायर काउन्टी अन्तर पर्ने यस स्लाउ नेपाली समाजमा विन्सर, स्लाउ र मेडनहेड क्षेत्रमा बसोबास गर्ने नेपालीहरु संगठित रहेका छन् । उक्त कार्यक्रममा गत कार्य समितिको आर्थिक तथा अन्य गतिबिधीको प्रतिबेदन समेत सर्वसम्मत रुपमा पारित गरिएको थियो । निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई पूर्व अध्यक्ष्यहरु तथा सल्लाहकार समितिका पदाधिरीहरुले पद तथा जिम्मेवारीको सपथ गराएका थिए ।

निकै ब्यबस्थित रुपमा संचालित यस समाजलाइ केशर पाण्डे (२०१३-१६), डा. प्रदीप हमाल (२०१६-१७), डा. राजीव प्रधान (२०१७-१९) र सोलिसिटर उत्तरमान तिगेला (२०१९-२१) ले नेतृत्व गरिसकेका छन् ।

सर्वसम्मत रुपमा निर्वाचित उक्त समाजका अध्यक्ष्य ढकाल एक मिलनसार र सहयोगी सामाजिक अभियन्ताको रुपमा समाजमा परिचित छन् । उनी लन्डन काठमाण्डौ डट कमका बजार ब्यबस्थापक पनि हुन । अध्यक्ष्य ढकाललाई काठमाण्डौ डट कम परिवारको तर्फबाट पनि सफल कार्यकालको लागि बधाई तथा शुभकामना ।

 नवनिर्वाचित  अध्यक्ष्य खेम ढकाल
तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?