मेघनाथ चुदालीको  पुस्तक “जीवनकाे कर्म” विमोचन

मेघनाथ चुदालीको  पुस्तक “जीवनकाे कर्म” विमोचन

हिम लेकाली

कार्तिक १२

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम सन्धिखर्कको शान्ति योगा हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अर्घाखाँचीका लेखक मेघनाथ चुदालीले लेख्नुभएको जीवनको कर्म शीर्षकको पुस्तक विमोचन भएको हो ।

प्रगतिशिल लेखक संघ राष्ट्रिय परिषद सदस्य बिजुला रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्यकार जनार्दन खनाल र मञ्जु घिमिरेले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीका उपाध्यक्ष लीलामणि ढुँगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशील लेखक संघका लुम्बिनी प्रदेश सदस्य बुद्धिराम गैरे, लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य हिम लेकाली, साहित्यकार माधवराज चुँदाली, महेश्वर पन्थी पतञ्जली योग समितिका अध्यक्ष प्रेमनारायण पोख्रेल, प्रगतिशिल लेखक भेष बहादुर केसी कवि मोती खनाल, ईश्वरा पराजुली लगायत जिल्लाका लेखक तथा कविहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखक मेघनाथ चुँदाली लाई कवि साहित्यकार बाट टीका तथा खादा प्रदान गरि सम्मान समेत गरिएको थियो । कार्यक्रम वाङमय प्रतिष्ठानका सचिव जेबी दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?