गजल
चिरञ्जीवी ढकाल

अनगिन्ती सपनाहरु, बोकेकोछु के गरौँ?
पूरा हुदैनन् भित्रभित्र, रोकेकोछु के गरौँ?
कहिलेकाहीँ निकै, बरालिन खोजे झैँ गर्छन्,
बाँधी राख्न मनमा किला, ठोकेकोछु के गरौ?
चुट्न सम्म चुटेकोछ, झरीले नाङ्गो आङमा,
निमोनिया भाछ ज्यानमा, खोकेकोछु के गरौँ?
धितमारी सास फेरौँ, सकिन्छ कि डर लाग्छ,
कति फेर्ने इन्द्रियलाई, तोकेकोछु के गरौँ?
शौखले कहाँ ग-या हो र? सन्ध्यामा पिउने बानी,
दु:ख भूली ज्युने आसमा, धोकेकोछु के गरौँ?
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
२०७८-०७-२९
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by कुमार केसी (see all)
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021