प्रकृति
भरत बहादुर रानाभाट

दिन उहि हो
रात उहि हो प्रकृतिको लीला कतै रात हुँदा कतै दिन बन्छ गोलो पृथ्वीको जुन भूगोलमा भएनि चन्द्र र सूर्य उनै हुन खाली समय र दुरी मात्र फरक हो हावा र पानी एउटै भएपनि मात्र प्रदुषण र रङ्ग फरक हो
पृथ्वीले ओगटेको क्षेत्रफलमा पानी धेरै जमिन थोरै मात्र हो
जलवायु परिवर्तन र हरित ग्याँस उत्सर्जनले पृथ्वी माथि निम्तिने खतराको घण्टीले मानव अस्तित्व माथि नै संकट मडारिएको छ कतै खडेरी कतै बाढी पहिरो
भुकम्प र भुक्षय अतिवृष्टि र खण्डवृष्टि हिउँ पग्लेर हिमताल फुट्ने सम्मको जोखिम न पृथ्वीले बनायो न प्रकृतिले नै बनायो प्रकृतिको दोहनले प्राणी जगतले संकटको सामना गर्नु परिरहेछ वन बिनास
धुवाँ धुलो र प्रदुषणले सुक्न थाल्यो पानीको मुहान घट्न थाल्यो हिम नदिको वहाव सधैं हिउँ जमिरहने हिमाली चुचुरोमा देखिए नाङ्गा पत्थर आगजनी र फडानीले वन जंगल रित्तिए प्रकृतिले दिएको उपहार संरक्षण गर्न नसकेर प्रकृतिको विनासलाई टुलुटुलु हेरेर बस्ने प्राणी जगतको
सर्वश्रेष्ठ हुँ भनेर गमक्क फुल्ने ए घमण्डि मान्छे हो
आफ्नो बानी त सुधार प्रकृतिले दिएको
यो सुन्दर उपहार पृथ्वीलाई प्रदुषण हुनबाट त बचाउँ तिम्रो र प्रकृतिको भलो यसैमा निर्भर छ ।
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021