रेडिंग, बेलायत
सीताराम बिबाहको स्मरण गर्दै गत आइतबार बेलायतको रेडिंग तथा लन्डनमा धुमधामका साथ बिबाह पंचमी मनाइएको छ।

हिमालयन सिद्ध महायोग परिवार,युके–युरोप द्वारा आयोजीत उक्त कार्यक्रमको सुरुवातमा सीता, राम, लक्ष्मन र हनुमानको सुन्दर झाँकी तयार पारि, भजन किर्तन का साथ नाच्दै ,गाउदै एउटा समुहले रेडिंग टाउन सेन्टर परिक्रमा गरेको थियो। पछि उक्त समूह फेल्थाम स्थित एक साधकको निबासस्थानमा जम्मा भएका अर्को समुहसंग मिसिएको थियो। “ बडा गुरुदेव श्री भगवानदास ज्यूको पुण्य तिथि र बिबाह पंचमी संग संगै परेकोले सप्ताहान्तको दिन पारेर कार्यक्रमको आयोजना गरिएको हो ।“ लन्डन काठमाडौँसंगको कुराकानीमा कार्यक्रम आयोजक मध्येका एक प्रकाश तिवारीले बताए ।
कार्यक्रममा पूजा ,आरतीको साथमा हनुमान चालीसा को पाठ गरिएको थियो भने सीताराम बिबाह को उपलक्ष्य मा रामचरित्रमानसको पाठ तथा कथावाचन र भजन किर्तन समेत गरीएको थियो।
“हामीले कहिलै भुल्न नहुने यो उत्सब सायद बिरलै नेपालीले मनाउने गरेका छन्। हामिलाई यो उत्सब मनाऊने प्रेरणा परमपुज्य सदगुरुदेव अनन्तश्री विभुषित जगतगुरु रामानन्दचार्य स्वामि श्री रामकृष्णाचार्य माहयोगि सिद्धबाबा ज्युको सत्संकल्प र कृपाद्वारा प्राप्त भएको हो । “कार्यक्रमका एक सहभागी लक्ष्मण श्रेष्ठले लन्डन काठमाडौँलाइ बताए। गौरवान्वित मुद्रामा उनले थपे “सामान्य मानिसहरु त आफ्नो जन्म दिन मनाउदा, बिबाह महोत्सव मनाउदा खुसि हुन्छौ भने ,भगवानको पनि,बिबाह महोत्सव मनाऊदा अबस्य पनि प्रसन्न हुनुहुन्छ र त्यसैमा हामि सबै प्रसन्न हुन्छौ”। यस्ता धार्मिक क्रियाकलापमा सहभागी हुदा भगवान बाट असिम कृपा प्राप्त हुने बिश्वास ब्यक्त गरे।
कार्यक्रमका अर्का सहभागी तथा साधक प्रकाश तिवारीका अनुसार महायोगी सिद्ध बाबा को इच्छा अनुरुप साधिका चन्द्रकला सखीको निर्देशनमा सो कार्यकमको आयोजना गरिएको थियो । कार्यक्रमको बारेमा जानकारी दिदै उनले थपे “सम्पूर्ण कार्यक्रमको संचालन अत्यन्तै मृदुभाषी चन्द्रकला सखिले गर्नु भयो र उहाका कथा वाचनमा भक्तहरु मन्त्रमुग्ध भएका थिए।“
समसामयीक भजन तथा नृत्यका साथ समापन भएको उक्त कार्यक्रममा उल्लेख्य रुपमा साधक तथा भक्तजनहरुको उपस्थिति थियो। यो कार्यक्रममा आफुले सोचेभन्दा निकै बडि प्रभावकारि भएकोमा सिद्धमहायोग परिवार निकै खुशि व्यक्त गरेको छ। भविष्यमा यस्ता कार्यक्रमहरु अझ नियमितरुपमा थप हौसलाका साथ गर्ने प्रण गरेको छ। साथै सिद्धमहायोग परिवारले, यो कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबै सहभागिजन, मिडिया टिम लगायत शुभचिन्तकहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021