अरुण थारु
पत्याउनु हुन्छ ?
हो म आमा भइसकें
म २० नपुग्दै आमा भइसकें
हो म आमा भइसके ।
कहाँ जन्मिएं कहाँ हुर्किएं
तर आमा बुबाकै छहारीमा हुर्किएं ।।
कुनै समय कसैकी छोरी थिएँ
अति प्रिय छोरी हेर्दा हेर्दै कसैकी श्रीमती
बुहारी पनि भइसकें
सांच्नै म आमा भइसकें ।
१६ नपुग्दै,
हो १६ नपुग्दै
जीबनको सागरमा हाम फल्दै गर्दा
बुबाआमाका सपनाहरु भत्काउदै गर्दा
आँफैलाई दलदलमा डडुबाउदै गर्दा
कति पनि ख्यालै भएन
त्यसैले त म आमा भइसकें ।।

रेिडयो टि.भी.सधै भनिरहयो
बिहेवारी २० बर्ष पारी भनेर
मलाई दन्त्य कथाको उखान टुक्काझै
लागि रहयो
सांच्चै म आमा भइसकें ।।
मसंग न पैसा न पावर छ
सायद त्यसैले होला
मेरा हरेक त्याग र बलिदान बेकार छ
म सम्झिन्छु मेरी आमा
सबै भन्दा पहिले खुवाएको
तर सबैलाई खुवाएर मात्र आँफु खाएको
म सम्झिन्छु मेरी आमा
म रोगी भएँ दोषी भएँ
र पनि सासुको आँखाको नानी भइन कहिल्यै
सबको तिर्खा मेट्ने पानी भएँ
तर प्रियको खानी भइन कहिल्यै
मिठै खाँउला राम्रै लाँउला
भन्ने उमेर नटिक्दै
जिवनका रङगीन रङ
उज्याला किरण नदेख्दै
मासिएका मेरा कथा
मेरो आफ्नै कथा ।।
म रुन्छु
बिकास हुन नपाएका
मेरा अङ्ग रुन्छन्
फक्रिन नपाएका मेरा कोपिलाहरु
उम्रिन नपाएका रहरहरु
अनि कलिला मुटुहरु
फैलिएर रहेका रेसाहरु
कल्पि कल्पि रुन्छन् ।।
ए मेरा प्यारा भाइबहिनीहरु
तिमि तिम्रा जिवन फुल्न देउ है
फक्रिन देउ है
फैलिन देउ है
उज्वल तिम्रा भवियसहरु
उज्याला सम्म पुग्न देउ है
ए प्यारा भाइ बहिनीहरु
सानै उमेरमा बिहे गरेर
आफ्नो जिवनको चुनौती नबन्नु
सजायको भागिदार नबन्नु
आफ्नै खुट्टामा बन्चरो नहान्नु
सांच्चै म त आमा भइसकें ।।
अरुणा थारु,
बाँसगढी न.पा. ४
ने.रा.मा.बि लक्ष्मणपुर
कक्षा १२ मा अध्यायनरत
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021