सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफको उपाधि

गत बर्ष बिबिसी यूके मास्टरसेफमा उपविजेता भएका नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् ।

बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा शाहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि हात परेका हुन् ।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिंदै गराइएको प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खानाका साथसाथै दशैँ खानाबाट प्रभावित मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेर निर्णायकहरुको मन जितेका सेफ सन्तोषले  यसअघि  समेट्न नपाएका तराईको खाना पनि बनाएका थिए । सन्तोषले लामो समय नेपाल बस्दा आफ्नी आमाबाट सिकेको सीप यो पटक सदुपयोग गरेको बताए ।

‘पुन: प्रतिस्पर्धामा जान चुनौतिपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें’- सन्तोषले नेपाली लिंकसँग भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तरराष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’

उनको मौलिक नेपाली खाना पारखीहरुका लागि कुकबुक ‘आयला’ पनि प्रकाशित छ।

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?