नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै
नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले १ फेब्रुअरी २०२२ मंगलबारका दिन मुक्तक वाचन कार्यक्रम आयोजना गरि मुक्तक दिवस मनाउने भएको छ ।

२०७० माघ १८ को पोखरा घोषणा पत्र जारी भएपछि नेपाली मुक्तकले तुकबन्द चार हरफे मुक्तक संरचनाको बाटो अंगालेपछि मुक्तक लेखनमा ऐतिहासिक परिबर्तन ल्याउन सफल दिनको सम्मानमा उक्त दिनलाई नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको रुपमा मान्ने निर्णय गरेको हो ।
सो निर्णय अनुसार २०७७ बाट आधिकारिक रुपमा मुक्तक दिवस मनाउन शुरु भएकोले यो दोश्रो मुक्तक दिवस भएको कुरा डा रुपक श्रेष्ठले बताएका छन् । नेपाल मुक्तक प्रतिष्ठान केन्द्र तथा स्वदेश र विदेशमा स्थापित सम्पूर्ण शाखाहरुले माघ १८ मा मुक्तक दिवस मनाउने निर्णय भए अनुसार बेलायत शाखाले पनि उक्त दिन ग्रिनिच समय अनुसार सांझ ५ बजे देखि शुरु शुरु गर्ने भएको छ ।
मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको सभापतित्व, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको प्रमूख आतिथ्यता, अनेसास यूकेका अध्यक्ष लारा राई तथा साहित्य चौतारी यूकेका संस्थापक वासु शर्माको विषेश आतिथ्यता रहने गरि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले बताए । कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका सदस्यहरुको सहभागीता रहने छ ।
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021