रेडिंग /वेलायत
रेडिंगमा बस्ने नेपालीहरुको साझा संगठन Greater Reading Nepalese Community Association (GRNCA ) ले हिजो February 6, आईतबार परेको बसन्त पंचमी पर्बलाई एक बिशेष कार्यक्रमका साथ मनाएको छ । स्थानिय पार्क कम्युनिटी सेन्टर, पाल्मर पार्कमा आयोजना गरिएको सो कार्यक्रमको सभाहल भित्रै सरस्वतीको मुर्ती स्थापना गरी पूजा–आजा गरिएको थियो । कार्यक्रमको ऊद्घाटन स्थानिय आध्यात्मिक चिन्तक तथा गुरु केदार रिमाल र रेडिंग नेपाली समाजका अध्यक्ष टेक गुरुंगले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रम संचालन संस्थाका ऊपाध्यक्ष भिमसेन खड्काले गरे । वालवालिकाहरुको समूह साथ नेपाली राष्ट्रिय गाना बाट शुरु गरिएको कार्यक्रममा सरस्वती पूजाको महिमा र बालबालिकाहरुलाई यस्को महत्वको बारेमा संक्षिप्त जानकारी गराईएको थियो । झण्डै एक सय भन्दा बढि महानुभवको ऊपस्थीती रहेको सो समारोहमा केहि बालबालिकाहरुबाट आ–आफ्ना प्रतिभाहरु पनि प्रस्तुत गरिएको थियो । यसै क्रममा वालिका नमस राना र वालक अर्नव कायस्थले नेपाली गाना गाए भने वालिका रचना अधिकारीले नृत्य प्रस्तुत गरिन ।

कार्यक्रमा सहभागी सबैकोलागि जलपान तथा प्रसादको पनि ब्यबस्था गरिएको थियो । जाडो यामको अन्त्य र बसन्त ऋतुको आगमनलाई स्वागत गरिने तथा अक्षराम्भ गराऊन शुभ मानिने यो पर्ब मनाऊन रेडिंगको बिभिन्न क्षेत्रमा बसोबास गर्ने अभिबाबकहरु आ–आफ्ना बालबालिकाहरुको साथमा उत्सुकताका साथ सहभागी भएका थिए । सो कार्यक्रमलाई सफल बनाऊन रेडिंग नेपाली समाजका अध्यक्ष टेक गुरुंग , ऊपाध्यक्ष भिमसेन खड्का , पुर्ब अध्यक्ष कृष्ण न्यौपाने , सल्लाहकार बिश्व आदर्श पण्डित , बाल बालिकाहरुका नेपाली गुरु त्रिलोचन गौतम , अभिबाबक शेखर भट्टराई तथा संस्थाका महासचिब ओमकार अधिकारी , सचिब मनी सुबेदि , सह कोषाध्यक्ष जगन्नाथ सापकोटा र सदस्य द्वय लक्ष्मण श्रेष्ठ र ईमानसिं राईको बिशेष भुमिका रहेको थियो । यस्ता कार्यक्रमको निरन्तरताले आफ्नो मौलिक भाषा र संस्कृतिको जगेर्ना हुने बिश्वास समाजले लिएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021