मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न

मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले गत बर्ष जस्तै भ्यालेन्टाइन दिवशको उपलक्ष्यमा २७ फेब्रुअरी २०२२ का दिन एक भब्य प्रणय मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको  छ । १४ फेब्रुअरीमा नियमित रुपमा गरिने उक्त कार्यक्रम सो मितिमा पृथ्वीनारायण क्याम्पस पोखरासँग मुक्तक कार्यक्रम आयोजना गरेकोले  स्थगित कार्यक्रम २७ फेब्रुअरीमा सम्पन्न गरेको कुरा संयोजक प्रतिमा केसीले बताउनु भयो । मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष्य दुर्गा प्रसाद पोखरेलको अध्यक्ष्यता, उपाध्यक्ष्य तथा उक्त कार्यक्रमको संयोजक प्रतिमा केसीको स्वागत मन्तब्य र सेमन्त राईको संचालनमा भएको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष्य रामकाजी कोने प्रमुख अतिथी तथा केन्द्रीय कोषाध्यक्ष निशा केसी बिशेष अतिथी थिए । प्रमुख अतिथी रामकाजी कोनेले आफ्नो ३ वटा प्रेमिल मुक्तक वाचन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

जुम बिधीबाट दुई चरणमा गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा अतिथी तथा सम्पूर्ण सहभागी सर्जकहरुले ३/३ वटा र दोस्रो चरणमा पनि ३/३ वटा  गरी करिब ९० वटा रसिला प्रणय मुक्तकहरु वाचन गरेका थिए । प्रणय मुक्तक वाचनको अन्त्यमा नेपाल मुक्तक प्रतिष्ठान युकेका सल्लाहकार तथा साहित्यकार डा. रुपक श्रेष्ठले प्रस्तुत गरिएका सम्पूर्ण सर्जकहरुको मुक्तकमा समिक्ष्यात्मक टिप्पणी गरेका थिए ।

उक्त प्रणय मुक्तक वाचनमा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोने, कोषाध्यक्ष निशा केसी, मुक्तक प्रतिष्ठान युकेका प्रमुख सल्लाहकार डा. रुपक श्रेष्ठ, सल्लाहकार बिनोद अधिकारी, अध्यक्ष्य दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्ष्य प्रतिमा केसी, कोषाध्यक्ष राज श्रेष्ठले आ-आफ्नो प्रेमिल मुक्तक वाचन गरेका थिए । निकै रोचक बनेको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु कुमार केसी, रबिन जोशी, सेमन्त राई, भरत लोहोरुङ राई, नानु राना, गङ्गा भण्डारी, कृश गुरुङ र जीत छन्त्याल लगायतका मुक्तककारहरुको सशक्त  मुक्तक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा वाचन गरिएका मुक्तकहरु “मुक्तक सागर” पत्रिकाको बेलायत विशेषांकमा प्रकासन समेत गरिने कुरा अध्यक्ष्य दुर्गा प्रसाद पोख्रेलले बताएका छन ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?